बुधबार, ०७ फागुन २०८१
ताजा लोकप्रिय

जारी सिजनमा आर्सनललाई धक्का, स्ट्राइकर ह्याभर्ट्जको शल्यक्रिया हुने

शुक्रबार, ०२ फागुन २०८१, ०६ : ०९
शुक्रबार, ०२ फागुन २०८१

काठमाडौं । अग्रपंक्तिका खेलाडी काई ह्याभर्ट्ज चोटग्रस्त भएपछि इंग्लिश क्लब आर्सनललाई जारी सिजनमा ठूलो नोक्सान हुने देखिएको छ । हामस्ट्रिंगको चोटका कारण ह्याभर्ट्जले शल्यक्रिया व्यहोर्नु पर्ने भएको छ ।

दुबई प्रशिक्षणका दौरान चोटग्रस्त भएसँगै जारी सिजनमा उनी खेल्न नसक्ने भएका छन् । २५ वर्षीय उनी २०२५–०२६ को प्रि–सिजनमा समेत उनको रिहाविलिटेशन जारी रहने छ । 

ह्याभर्ट्जको अनुपस्थितिले उत्तरी लण्डनबासी सिजनको बाँकी समय मान्यताप्राप्त अग्रपंक्ति अर्थात् स्ट्राइकरविहिन हुने भएका छन् । काई फिट हुँदाहुँदै सिजन नै समाप्त हुनसक्ने सूचनापछि सिंगो क्लब उनको स्वास्थ्य लाभको कामनामा जुटेको छ । 

अघिल्लो सिजनमा समेत यस्तै व्यवधानले आर्सनलले १८ खेलमा १६ मा जित हासिल गरेको थियो । जारी प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलसँग ७ अंकको दुरी कायम गर्दै आर्सनल दोस्रो स्थानमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप