८ वर्षमा पनि पूरा भएन २१ किलोमिटर सडक विस्तार योजना
![८ वर्षमा पनि पूरा भएन २१ किलोमिटर सडक विस्तार योजना](https://npcdn.ratopati.com/media/news/belbas-bethari-sadak_YGBRVIrMi6.jpg)
बुटवल । बुटवलको बेलबासदेखि बेथरी हुँदै लुम्बिनी जाने २१ किलोमिटर लामो सडक विस्तार कार्य २०७३ सालदेखि सुरु भए पनि अझै पूरा भएको छैन । उक्त सडक विस्तारका लागि संघीय सरकारले अनुदान कार्यक्रमसमेत रोकेको छ भने प्रदेश सरकारले पनि बजेट विनियोजन गरेको छैन । जसका कारण सडक विस्तार अधुरो रहेको छ ।
८ वर्षदेखि अधुरो सडक समयमा पूरा गर्न स्थानीयबासीहरूले पटकपटक सडक कार्यालय, प्रमुख जिल्ला अधिकारी तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई समेत आग्रह गरे पनि सुनुवाइ नभएको स्थानीय संघर्ष समितिका संयोजक विजय ढकालले बताए ।
उनले भने, ‘संघ सरकारले सडक विस्तार गर्ने हो कि प्रदेश सरकारले हो, जसले गरे पनि यो काम चाँडै हुनुपर्यो भन्ने हाम्रो माग हो ।’
बुटवल–बेलबास हुँदै लुम्बिनी जाने यो सडक दुई खण्डमा विभाजन गरेर निर्माण सुरु भएको थियो । जस अन्तर्गत दोस्रो प्याकेजमा ८ किलोमिटर निर्माण गर्ने ठेक्का बज्र गुरु कान्छाराम जेभीले लिएको थियो । उक्त कम्पनीले निर्माण गर्ने जिम्मा लिएको खण्डमा विभिन्न ५ ठाउँमा स–सानो काम अलपत्र हुँदा यात्रुहरूले कष्ट व्यहोर्नु परेको छ ।
अझै बुटवलको नहरपुर रानीगन्ज क्षेत्रका बासिन्दा पानी पर्दा हिलो र सुक्खा याममा धुलोले सास्ती व्यहोर्दै आएका छन् । बिचमा खाल्टाखुल्टीले उस्तै हैरान भएपछि स्थानीयहरूले संघर्ष समिति नै बनाएर बेलाबेलामा विरोध गर्दै आएका छन् ।
सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका सूचना अधिकारी इन्जिनियर कृष्ण पण्डितले ८ किलोमिटरमध्ये बिचबिचमा निर्माण कार्य अधुरो रहेको बताए । मोतीपुरमा सानो कल्भर्ट हाल्न बाँकी छ भने अन्य ठाउँमा गरी १५ सय मिटर पिच गर्न बाँकी रहेको उनले जानकारी दिए ।
संघीय सरकारको अनुदान कार्यक्रम अन्तर्गत सडक विभागले २०७३ सालमा २१ किलोमिटर सडक विस्तारको ठेक्का लगाएको हो । ठेक्का सम्झौतामा २०७६ सालसम्म निर्माण कार्य सक्ने उल्लेख थियो ।
बज्र गुरुले साढे ८ किलोमिटरको प्याकेज २०७६ असार मसान्तसम्म सक्नुपर्ने थियो तर ६ पटकसम्म म्याद थप्दै २०८१ चैतसम्म सम्पन्न गर्ने सीमा बढाइएको छ ।
पछिल्लो पटक थपिएको म्याद अनुसारसमेत काम नभएको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीले जनाएको छ ।
उक्त कार्यालयका इन्जिनियर कृष्ण पण्डितका अनुसार बज्र गुरु कान्छाराम जेभीले ६० करोड ८८ लाख रुपैयाँमा ठेक्का लिएकोमा अहिलेसम्म ३५ करोड रुपैयाँ भुक्तानी भइसकेको छ ।
पछिल्लो समय ठेकेदार प्रतिनिधि पनि सम्पर्कमा नआउने र बहुवर्षे योजना अनुसार थप बजेट पनि नआएको पण्डितले बताए । कल्भर्ट, सडक पेटी निर्माण गर्ने लगायतका कामसमेत बाँकी रहेको उनको भनाइ छ ।
पछिल्लो समय संघीय सरकारको अनुदान कार्यक्रम रोकिएको छ । उक्त सडक निर्माणका लागि अझै कम्तीमा १८ करोड बजेट चाहिने पण्डितले बताए ।
तर संघीय सरकारले चालु आर्थिक वर्षका लागि उक्त योजनामा बजेट नै विनियोजन गरेको छ्रैन । उता प्रदेश सरकारले पनि बजेट विनियोजन गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिन्छ : सभामुख घिमिरे
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि
-
अमेरिकाले बाइडेनको नीति त्याग्दा खुसी छ रुस, साउदी अरबमा भएको वार्तामा के भयो ?
-
प्राप्त उपलब्धिलाई अक्षुण्ण राख्नु आजको आवश्यकता : उपराष्ट्रपति यादव
-
जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् : राष्ट्रपति पौडेल
-
आज प्रजातन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै