विदेश भ्रमणमै रहेका बेला फेरि श्रममन्त्री भण्डारीको पद धरापमा !
![विदेश भ्रमणमै रहेका बेला फेरि श्रममन्त्री भण्डारीको पद धरापमा !](https://npcdn.ratopati.com/media/news/bhandari-news_FJfSFZCw6k.jpg)
काठमाडौं । झण्डै एक वर्षअघि (२०८० फागुन २१) संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका बेला मन्त्री पद गुमाएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई यो पल्ट पनि त्यस्तै आपत आइलाग्ने देखिएको छ ।
त्यो बेला मन्त्री भण्डारी विदेश भ्रमणमा रहेका बेला नेपालमा सत्ता समीकरण परिवर्तन भएसँगै पद गएको थियो । संयोगले यतिबेला पनि उनी युएई भ्रमणमा रहेका बेला पार्टी अध्यक्ष महन्थ ठाकुरले सत्ताबाट बाहिरिने अभिव्यक्तिसहितको विज्ञप्ति जारी गरेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्धका गतिविधि स्वीकार्य नहुने भन्दै भण्डारीलाई हटाउन सक्ने चेतावनी दिएका छन् । त्यसकारण यो पल्ट पनि विदेश भ्रमणमा रहे कै बेला भण्डारीको मन्त्री पद धरापमा परेको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष ठाकुरले आफ्नो पार्टीबाट सरकारमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई राजीनामा दिनका लागि तयार रहन निर्देशन दिएका छन् । भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गर्दै अध्यक्ष ठाकुरले मन्त्री भण्डारीलाई राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने भन्दै एक-दुई दिनमा के-के गर्नुछ गर्न भनेका हुन् ।
उता, प्रधानमन्त्री केपी शर्मा ओलीले लोसपाले निर्णयमा पुनर्विचार नगरे मन्त्री शरतसिंह भण्डारीलाई हटाउनुपर्ने अवस्था समेत आउन सक्नेतर्फ संकेत गरेका छन् ।
मन्त्री भण्डारी भने यतिबेला युएई भ्रमणमा छन् । उनले बिहीबार मात्रै अन्य भिसामा आएर हाल वैधानिक रूपमा काम गरिरहेका श्रमिकहरूले नेपाली राजदूतावासबाट श्रम स्वीकृति लिनसक्ने व्यवस्थाको उद्घाटन गरे ।
नेपाल एशोसिएशन एनआरएनए एनसीसी युएईले दिएको जानकारी अनुसार मन्त्री भण्डारीले एकजना महिला श्रमिकको बायोमेट्रिक गराएर उक्त सेवाको उदघाटन गरेका हुन् । अल सिफस्थित होटल हिल्टनमा भएको कार्यक्रममा युएईका लागि नेपाली राजदूत तेज बहादूर क्षेत्री, उपनियोग प्रमुख रन्जिता दाहाल, नेपाल सरकार श्रम मन्त्रालयका सहसचिव, नेपाल एशोसिएशन एनआरएनए युएईका अध्यक्ष विकास शाही, नेपाली समाजका अध्यक्ष राम मोक्तान, युएईस्थित विभिन्न संघसंस्थाका पदाधिकारी पूर्व पदाधिकारी तथा सदस्यहरू सहभागी थिए ।
सोही कार्यक्रमबीच युएईस्थित सम्पूर्ण नेपाली संघसंस्था तथा नेपाली श्रमिकहरूको तर्फबाट मन्त्री भण्डारीलाई युएईमा कार्यरत श्रमिकका समस्या उठानसहितको ज्ञापन पत्र बुझाएको एनसीसी युएईले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव
-
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमै दोस्रो
-
विदेश भ्रमणमै रहेका बेला फेरि श्रममन्त्री भण्डारीको पद धरापमा !
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै