श्रीलंकामा महत्त्वपूर्ण परियोजनाबाट किन पछि हट्यो अदानीको कम्पनी ?
![श्रीलंकामा महत्त्वपूर्ण परियोजनाबाट किन पछि हट्यो अदानीको कम्पनी ?](https://npcdn.ratopati.com/media/news/image_bviGbQYUQt.png)
नयाँ दिल्ली । भारतीय अर्बपति व्यापारी गौतम अदानीको अदानी समूहको कम्पनीले श्रीलंकामा रहेको आफ्नो १ अर्ब डलरको वायु ऊर्जा परियोजनाबाट पछि हट्ने निर्णय गरेको छ । धेरै आवश्यक स्वीकृतिहरू प्राप्त गरे तापनि केही वातावरणीय स्वीकृतिहरू प्राप्त गर्न ढिलाइ भएको र श्रीलंकाको सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको कारणले गर्दा यी परियोजनाहरूबाट पछि हटिरहेको अदानी ग्रीन इनर्जी बताएको छ ।
यस विषयमा पुनः वार्ता गर्न एउटा वार्ता समिति र एक परियोजना समिति गठन गरिने विज्ञप्तिमा अदानी ग्रिन इनर्जीले भनेको छ । श्रीलंकाको सार्वभौमसत्ता र यसका निर्णयहरूको सम्मान गर्ने त्यसैले सम्मानपूर्वक यो परियोजनाबाट पछि हटिरहेका कम्पनीको भनाइ छ । यो परियोजना श्रीलंकाको मन्नार र पुनेरिनमा ४८४ मेगावाटको वायु ऊर्जा परियोजना स्थापना गर्नुका साथै २२० केभी र ४०० केभी प्रसारण नेटवर्कको विस्तारमा केन्द्रित थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
-
इजरायलमा बिपिन जोशीको सुरक्षित मुक्तिका लागि अपिल
-
जनयुद्ध हिंसा थिएन, हिंसा तत्कालीन राज्य व्यवस्थाले गरेको थियो : शर्मा
-
लागुऔषधसहित दुई जना नियन्त्रणमा