रुस–युक्रेन युद्ध समाप्त हुने राम्रो सम्भावना छ : ट्रम्प
बिहीबार, ०१ फागुन २०८१, २१ : २२
![रुस–युक्रेन युद्ध समाप्त हुने राम्रो सम्भावना छ : ट्रम्प](https://npcdn.ratopati.com/media/news/trump_JO9qqbYy5J.png)
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झन्डै तीन वर्षदेखि रुस र युक्रेनबिच जारी युद्ध अन्त्य गर्न खोजिरहेका छन् । बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक रुस र युक्रेनबिच चलिरहेको युद्ध अन्त्य गर्ने बारेमा प्रतिक्रिया दिएका छन् ।
आफ्नो सामाजिक सञ्जाल मञ्च सोसल टुथको आफ्नो अकाउन्टमा एउटा पोस्टमा ट्रम्पले लेखेका छन्, ‘हामीले हिजो रुस र युक्रेनसँग राम्रो कुराकानी गर्यौं । युद्ध अन्त्य हुने राम्रो सम्भावना छ ।’
यसअघि बुधवार ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरेको र उनीसँग भेट्न लागेको बताएका थिए । रुस र युक्रेनबिचको २०२२ को फेब्रुअरीमा युद्ध सुरु भएको थियो । त्यसबेलादेखि, अमेरिका र पश्चिमी देशहरूसँग रुसको तनाव बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
-
इजरायलमा बिपिन जोशीको सुरक्षित मुक्तिका लागि अपिल
-
जनयुद्ध हिंसा थिएन, हिंसा तत्कालीन राज्य व्यवस्थाले गरेको थियो : शर्मा
-
लागुऔषधसहित दुई जना नियन्त्रणमा