अवैध हतियारसहित २ जना पक्राउ
बिहीबार, ०१ फागुन २०८१, २१ : १५

काभ्रे । काभ्रेको पाँचखालबाट अवैध हतियारसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नम्बर–१ का ६१ वर्षीय मंगल बहादुर तामाङ र उनका छोरा ३२ वर्षीय सन्त बहादुर तामाङ रहेका छन् ।
उनीहरुले माघ ३० गते बिहान खाना नपकाएको भन्दै मंगल तामाङकी श्रीमतीलाई काट्छु, मार्छु भन्दै भरुवा बन्दुक लिएर लखेटेको प्रहरीले जनाएको छ । सो सूचना पाएपछि प्रहरी चौकी पाँचखालबाट खटिएको टोलीले दिउसो ३ बजे घर नजिकबाट मंगल र सन्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
उनीहरूको साथबाट नालको भाग १ मिटर, बटको भाग ८० सेमी भएको १ मिटर ४३ सेन्टिमिटर लामो भरुवा बन्दुक बरामद गरिएको छ ।
उनीहरूलाई जिल्ला अदालत काभ्रेबाट ७ दिनको म्याद थप गरी हातहतियार तथा खरखजाना कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानमा चित्त नबुझेको कुरा विधि प्रकिया पूरा गरेर संशोधन गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह
-
न्युजिल्याण्डमा नेपाल फेस्टिभल २०२५ आयोजना हुँदै
-
पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर
-
शिक्षकहरूलाई वैशाख २ गतेभित्र घर फर्काउने गरी गृहकार्यमा शिक्षा मन्त्रालय
-
२० महिनादेखि शेयर निष्कासन नभएपछि इप्पानले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
-
पानी परेपछि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण रोकियो