भ्रमको खेती र वास्तविक तथ्य भन्दै शंकर पोखरेलले दिए विपक्षीलाई दोष
![भ्रमको खेती र वास्तविक तथ्य भन्दै शंकर पोखरेलले दिए विपक्षीलाई दोष](https://npcdn.ratopati.com/media/news/shankar-pokharel_cPMJjLhp3C.jpg)
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ट्रान्सपेरिन्सी इन्टर नेशनलले भ्रष्टाचारको सूचकमा नेपालको अवस्था १ अंक तल झरेर अझ कमजोर भएको रिपोर्ट सार्वजनिक भएपछि नेकपा (माओवादी केन्द्र) लगायतका विपक्षी दलका नेता कार्यकर्ताहरूले वर्तमान सरकारका कारणले त्यसो भएको भनेर गरेको आलोचनाको प्रतिवाद गरेका छन् ।
महासचिव पोखरेलले बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा ट्रान्सपेरिन्सी इन्टर नेशनलको उक्त रिपोर्ट सन २०२४ को भएको त्यस वर्षको आधिभन्दा बढी समय माओवादी नेतृत्वको सरकार रहेको बताएका छन् ।
‘ट्रान्सपेरिन्सी इन्टर नेशनलले भ्रष्टाचारको सूचकमा नेपालको अवस्था १ अंक तल झरेर अझ कमजोर भएको रिपोर्ट सार्वजनिक भएपछि नेकपा (माओवादी केन्द्र) लगायतका विपक्षी दलका नेता कार्यकर्ताहरू वर्तमान सरकारका कारणले त्यसो भएको भनेर तिखो आलोचना गरिरहेका छन् । जबकि उक्त रिपोर्ट सन २०२४ को हो’, पोखरेलले भनेका छन्, ‘जुन वर्षको आधिभन्दा बढी समय माओवादी नेतृत्वको सरकार नै थियो ।’
उनले विग्रिएको तथ्यलाई नै आधार बनाउने हो भने पनि ठुलो हिस्सा पूर्ववर्ती सरकार र त्यसको नेतृत्वलाई जान्छ होइन र ? भन्दै प्रश्न समेत गरेका छन् ।
विगतको सरकारको काम ठिक नभएको र मुलुक सङ्कटग्रस्त बन्न पुगेको निष्कर्षका आधारमा नै वर्तमान सरकार गठन भएको भन्दै उनले दुई दलबिच भएको ७ बुँदे सहमतिमा नै उक्त कुरा उल्लेख भएको जनाएका छन् ।
पोखरेलले वर्तमान सरकार गठन भएपछि कानुनी, संरचनागत र कार्यशैलीमा सुधार गरेर सुशासन र सेवा प्रवाहमा जोड दिने काम भएको दाबी गर्दै आर्थिक सुधारमा जोड दिइएको बताएका छन् । ‘यसको प्रभाव र परिणामका लागि अर्को वर्षको रिपोर्ट पर्खनु पर्ला । होइन र ?’, महासचिव पोखरेलको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
-
इजरायलमा बिपिन जोशीको सुरक्षित मुक्तिका लागि अपिल
-
जनयुद्ध हिंसा थिएन, हिंसा तत्कालीन राज्य व्यवस्थाले गरेको थियो : शर्मा
-
लागुऔषधसहित दुई जना नियन्त्रणमा
-
रूकुम पश्चिममा भव्यताका साथ मनाइयो जनयुद्ध दिवस (फोटोफिचर)