इजरायलको चेतावनीपछि हमासले बन्धकहरूको रिहाइ जारी राख्ने
बिहीबार, ०१ फागुन २०८१, २० : ४५

तेल अभिभ । इजरायलसँग गाजामा भएको युद्धविराम सम्झौता कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको र समयमै बन्धकहरूलाई रिहा गर्ने हमासले बताएको छ ।
कायरोमा भएको वार्तापछि हमासले इजिप्ट र कतारी मध्यस्थकर्ताहरूले अवरोधहरू हटाउने पुष्टि गरेको बताएको छ । यद्यपि, यस सम्बन्धमा इजरायलबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । तर इजिप्ट र कतारका सञ्चार माध्यमहरूमा मध्यस्थकर्ताहरूले दुई पक्षबिचको मतभेद कम गरेको र दुवै सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका थिए ।
हमासले शनिबारसम्ममा बन्धकहरूलाई फिर्ता नगरे युद्धविराम समाप्त हुने चेतावनी मंगलबार, इजरायलले दिएको थियो । यसअघि हमासले इजरायली उल्लङ्घनका कारण रिहाइमा अवरोध गरिरहेको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पाटन फेस्ट’मा दुर्गेशसहित को–कसले दिँदै छन् प्रस्तुति ?
-
दोस्रो खेलमा पनि पाकिस्तानलाई हराउँदै शृंखला आफ्नो पक्षमा पार्यो न्युजिल्यान्डले
-
चैत १५ गतेको घटनामा मृत्यु भएका सुरेश रजकको परिवारलाई ५ लाख दिने मीनबहादुरको घोषणा
-
सबै समुदायको संवैधानिक आयोग छ, श्रम आयोग किन भएन ?
-
न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा कुलमान र हितेन्द्रको मात्रै पेसी
-
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबिच भेटवार्ता