डान्सबारमा कुटपिट हुँदा एक जनाको मृत्यु, तीन जना पक्राउ

बुटवल । पश्चिम नवलपरासीको बर्दघाटस्थित एक डान्सबारमा भएको कुटपिटमा एक जनाको मृत्यु भएको छ । युवाहरूबिच आपसमा विवाद हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ ।
बर्दघाट नगरपालिका–१३, जमुनाबारीमा रहेको नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा माघ २८ गते राति दुई पक्षबिच कुटाकुट भएको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार कुटपिटमा घाइते भएका प्रतापपुर गाउँपालिका–९, खैरेनीका ४५ वर्षीय सन्तबहादुर चौधरीको उपचारको क्रममा बुटवलमा मृत्यु भएको हो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले डान्स बारका सञ्चालक राकेश हरिजनसहित प्रतापपुर–१ बस्ने अमित चौधरी र सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ ।
डान्सबारभित्र भिडियो खिचेको निहुँमा झगडा भएको बताइएको छ । घटनामा मिन्टु र सरोज कुमार चौधरी पनि घाइते भएका थिए । पक्राउ परेका प्रतिवादीविरुद्ध नवलपरासी जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र
-
सीपीसी र माओवादी सुदुरपश्चिम प्रदेशबीच आपसी सहयोगबारे सम्झौता
-
संविधानमा चित्त नबुझेको कुरा विधि प्रकिया पूरा गरेर संशोधन गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह
-
न्युजिल्याण्डमा नेपाल फेस्टिभल २०२५ आयोजना हुँदै
-
पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर
-
शिक्षकहरूलाई वैशाख २ गतेभित्र घर फर्काउने गरी गृहकार्यमा शिक्षा मन्त्रालय