प्रतिफल देखिने गरी काम गर्न कृषिमन्त्री अधिकारीको निर्देशन
बिहीबार, ०१ फागुन २०८१, २० : २३
![प्रतिफल देखिने गरी काम गर्न कृषिमन्त्री अधिकारीको निर्देशन](https://npcdn.ratopati.com/media/news/ram_4LGrWwldXK.jpg)
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा भएको लगानीको प्रतिफल आउनुपर्ने बताएका छन् ।
मन्त्रालयमा आज आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अधिकारीले लगानीको प्रतिफल विना उपलब्धि नदेखिने भएकाले यसलाई आधार मानेर कार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।
“हामीसँग विज्ञहरूको खाँचो छैन । लामो समय कृषि क्षेत्रमा कार्य गरेका दक्ष जनशक्ति मन्त्रालयसँग छ । तथापि नतिजा आउन सकिरहेको छैन । चार्टले प्रगति देखाउन सकिरहेको छैन,” अधिकारीले भने ।
कानुनी अवरोध हटाउँदै नतिजामुखी कार्य गर्न आफूले सहजीकरण गर्ने भन्दै मन्त्री अधिकारीले अझै बढी क्रियाशीलताले मात्र कृषि क्षेत्रमा लिएका लक्ष्य पुरा हुने भएकाले यसतर्फ लाग्न कर्मचारीहरूलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलमा बिपिन जोशीको सुरक्षित मुक्तिका लागि अपिल
-
जनयुद्ध हिंसा थिएन, हिंसा तत्कालीन राज्य व्यवस्थाले गरेको थियो : शर्मा
-
लागुऔषधसहित दुई जना नियन्त्रणमा
-
रूकुम पश्चिममा भव्यताका साथ मनाइयो जनयुद्ध दिवस (फोटोफिचर)
-
१० बजे १० समाचार : धरापमा शरतसिंहको मन्त्री पददेखि नयाँ शक्तिमा पुरानै नेतृत्वसम्म
-
विराटनगरका एमाले नेता पोखरेल माओवादीमा प्रवेश