प्रधानमन्त्री केपी शर्मा ओलीसँग कृषिबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिका विभिन्न विषयहरूबारे छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीले कृषि उत्पादनमा आत्मनिर्भरताको लागि अगाडि बढाएको नीतिगत सुधारका कार्य, कृषि ऐन निर्माणको लागी विधेयकको मस्यौदा तर्जुमा, स्पष्ट कृषि नीति, किसानलाई दिइने कृषि सेवा प्रवाहमा सहजता लगायत विषयमा सरोकारवालासँग छलफल गरेका हुन् ।
सो छलफलमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको रासायनिक मल खरिद तथा वितरणको झन्झटिलो प्रक्रियालाई सरलीकरण गर्न (ऐन, नियमावली, निर्देशिका, कार्यविधि संशोधन), रासायनिक मल तथा कृषि उपजमा हुने कालोबजारीको नियन्त्रण, जीविकोपार्जनका लागि कृषि कर्म गर्ने कृषकदेखि व्यावसायिक तथा औद्योगिक कृषि गर्ने कृषकहरूलाई सहुलियतपूर्ण कृषि कर्जाको व्यवस्था, कृषि लगानी दशक “२०८१–०९१”, उखु किसानलाई दिइने अनुदान तथा प्रोत्साहन रकमको भुक्तानी, चालु आर्थिक वर्षको योजना तथा बजेट कार्यान्वयन र आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम र योजना तर्जुमा, नेपाल कृषि अनुसन्धान परिषद् र दुग्ध विकास संस्थानको पुनर्संरचना लगायत किसानसँग प्रत्यक्ष सरोकार रहेको जनजीविकाको विषयहरूमा जनाकारी गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो
-
ताप्लेजुङमा ६ वर्षीया बालिकाको डुबेर मृत्यु
-
रामनवमीका दिन मासु पसल बन्द गर्ने उत्तरप्रदेश सरकारको निर्णय
-
गैरआवासीय नेपालीलाई लगानीका लागि उद्योगमन्त्री भण्डारीको आग्रह
-
पोखरामा केपी ओली कप क्रिकेट हुने, विजेतालाई १० लाख
-
राजावादीहरूको हिंसात्मक आन्दोलनको विरोधमा नेविसंघको प्रदर्शन