नयाँ शक्तिको निर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को निर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ गराएको छ । बिहीबार काठमाडौँमा निर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराएको हो ।
अध्यक्ष डा.बाबुराम भट्टराईलाई निर्वाचन समिति संयोजकले शपथ गराएका हुन् । यस्तै अन्य पदाधिकारी र कार्यसमिति सदस्यलाई भट्टराईले शपथ गराए ।
नयाँ शक्तिको अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतपरिणामको अन्तिम नतिजा अनुसार प्रतिद्वन्द्वी नेत्र चापागाईँलाई पराजित गर्दै अध्यक्ष पदमा भट्टराई निर्वाचित भएका हुन् ।
त्यस्तै उपाध्यक्ष खसआर्यमा ईश्वर रिजाल, उपाध्यक्ष आदिवासीतर्फ टेकबहादुर बाठामगर विजयी भएका छन् । यसैगरी महासचिव खुल्लामा सोनामसिंह स्याङ्तान विजयी भएको निर्वाचन समितिले घोषणा गरेको छ ।
महाधिवेशनले भट्टराईले प्रस्तुत गरेको सांगठानिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै प्रवक्ता कृष्ण शर्माद्वारा पेस गरेको विधान संशोधन प्रस्ताव पारित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोप्य जानकारी चुहावटले अमेरिकामा बबाल : माइक वाल्ट्जले लिए ग्रुप च्याट लिकको जिम्मा
-
सरकारले कुलमानलाई हटाउनुको १० कारण
-
गणतन्त्रवादी र राजावादी सडकमा, ‘पर्ख र हेर’को नीतिमा रास्वपा
-
भारतमा स्तन छुनुलाई बलात्कार नमान्ने निर्णयमाथि सर्वोच्च अदालतले लगायो रोक
-
जलविद्युतमा लगानी गर्न भारतीय लगानीकर्तालाई ‘इप्पान’को आग्रह
-
इलाका प्रहरी कार्यालय लहानका डीएसपी फेरिए, हिरेन्द्र रोकायालाई जिम्मेवारी