हेटौँडा बालमैत्री नगर घोषणा
![हेटौँडा बालमैत्री नगर घोषणा](https://npcdn.ratopati.com/media/news/ghosana-2_TihcPPdlL4.jpg)
मकवानपुर । हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा गरिएको छ । बिहीबार हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रङ्गशालामा आयोजित एक समारोहका बिच उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले हेटौँडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गरेका हुन् ।
करिब ३ वर्षको गृहकार्य पश्चात् हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गरिएको हो । घोषणा सभा समारोहमा नगरका सबै सरकारी निकाय, विद्यालय, सामुदायिक संघसंस्था लगायतको सहभागिता रहेको थियो । सहरका विभिन्न भागबाट प्रभातफेरि र्यालीले सहित नगर परिक्रमा गर्दै रङ्गशालामा पुगेको थियो ।
बालमैत्री घोषणाका लागि आवश्यक ५१ मध्ये ४३ वटा सूचकमा शतप्रतिशत र अन्य सूचकमा आवश्यक नतिजा हासिल गर्दै घोषणाको अवस्थामा आइपुगेको उपमहानगरपालिकाले दाबी गरेको छ ।
बागमती प्रदेशमा बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुने हेटौँडा दसौँ पालिका हो । मकवानपुरका १० पालिकामध्ये मनहरि गाउँपालिका, बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिका यसअघि नै बालमैत्री घोषणा भइसकेका छन् ।
बालमैत्री घोषणाको विभिन्न चरणमा उपमहानगरपालिकाका १९ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएका थिए । यस क्रममा २६५ वटा टोलस्तरीय र १०६ वटा विद्यालयस्तरीय गरी ३७१ बाल समूह तथा १९ वडास्तरीय र १ नगरस्तरीय बाल समूह सञ्जाल उपमहानगरपालिकाभित्र क्रियाशील रहेका छन् । घरधुरी तथ्यांक संकलन सर्वेक्षण, २०७९ का अनुसार हेटौँडा उपमहानगरपालिकामा १८ वर्ष मुनिका बालबालिकाको सङ्ख्या ५० हजार १९५ रहेको छ ।
बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा सभामा सांस्कृतिक नाच प्रर्दशन गरिएके थियो । सभामा हेटौँडा–२, १२ र १८ ले क्रमशः सांस्कृतिक नाच प्रदर्शन गरेका थिए ।
हेटौँडा–२ स्थित बालजागृति विद्यालयका छात्रछात्राहरुले राउटे समुदायको नाच देखाएका थिए । राउटे समुदायको जीवन, संघर्ष रहनसहन र संस्कृति लगायतका विषयहरु समेटेर नाच देखाइएको थियो ।
त्यस्तै हेटौँडा–१२ को बला समूहका बालबालिकाले भूमे नाच प्रदर्शन गरेका थिए । मगर समुदायले नाच्ने उक्त नाच सांस्कृतिक रूपमा अत्यन्त महत्त्वपूर्ण रहेको छ ।
हेटौँडा–१८ का बालबालिका समूहले भने विषेशगरी कोशी प्रदेशमा नाचिने सङ्गिनी नाच प्रदर्शन गरेका थिए । हिन्दु नारीहरूले हरितालिका तीजको समयमा नाचिने उक्त लोपोन्मुख नेपाली लोक सङ्गीत सङ्गिनी नाचबाट महिलाहरूले आफ्ना दुःख पीडाहरू बयान गर्ने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जहाँ फलाइन्छ सय बिघा खेतमा विषादी नियन्त्रित तरकारी
-
प्रतिफल देखिने गरी काम गर्न कृषिमन्त्री अधिकारीको निर्देशन
-
प्रधानमन्त्री केपी शर्मा ओलीसँग कृषिबारे छलफल
-
२१ वटा बस्तुमा नेपाल गुणस्तर कायम
-
प्रधानमन्त्रीसँग शान्तिका लागि संसदीय मञ्चका अन्तर्राष्ट्रिय अध्यक्षको शिष्टाचार भेट
-
ताइवानको डिपार्टमेन्ट स्टोरमा ग्यास विस्फोटः ४ को मृत्यु, २६ जना घाइते