नयाँ शक्तिको ९९ सदस्यीय केन्द्रीय समितिमा २२ जना निर्विरोध निर्वाचित
_yG9YjJcAyw.jpg)
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को ९९ सदस्यीय केन्द्रीय समितिमा २२ जना निर्विरोध निर्वाचित भएका छन् । आइतबारदेखि राजधानीको प्रज्ञा भवनमा भएको प्रथम महाधिवेशनपछिको निर्वाचनबाट २२ जना निर्विरोध निर्वाचित भएका हुन् ।
बाँकी पदमा भएको निर्वाचनको पनि अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ । जसअनुसार अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित भएको नयाँ शक्तिले जनाएको छ ।
यस्तै दलित उपाध्यक्षमा दुर्गा सोव, महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई, कोषाध्यक्षमा हरि रिजाल लगायत २२ जना निर्विरोध निर्वाचित भएको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष लगायत पदहरुमा प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा मतदानको प्रक्रिया सञ्चालन गरिएको नेसपाको भनाइ छ । केन्द्रीय समितिमा उपाध्यक्षहरु, सचिवहरु र केन्द्रीय सदस्यहरु नेपालको संविधान र पार्टीको विधानले व्यवस्था गरे बमोजिम जातीय संरचना महिला, युवा, खसआर्य, आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी, अल्पसंख्यक समुदायको समुचित प्रतिनिधित्व सहित उम्मेदवारीको कोटा निश्चित गरी मतदान भएको थियो ।
निर्वाचन मार्फत केन्द्रीय समितिमा युवाहरूको कम्तीमा २० प्रतिशत प्रतिनिधित्व हुने गरी मतपत्रमा सुनिश्चित गरिएको थियो ।
यस्तै देश बाहिर रहेका प्रवासी नेपालीहरूलाई विद्युतीय प्रणालीको माध्यमबाट मतदान गर्ने व्यवस्था गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटहरी आगलागीले उब्जाएको प्रश्नः अग्ला भवनमा आगो निभाउने उपकरण खोइ ?
-
चैत १५ को प्रदर्शनबारे के छ समाजवादी मोर्चाको निर्णय ?
-
गोप्य जानकारी चुहावटले अमेरिकामा बबाल : माइक वाल्ट्जले लिए ग्रुप च्याट लिकको जिम्मा
-
सरकारले कुलमानलाई हटाउनुको १० कारण
-
गणतन्त्रवादी र राजावादी सडकमा, ‘पर्ख र हेर’को नीतिमा रास्वपा
-
भारतमा स्तन छुनुलाई बलात्कार नमान्ने निर्णयमाथि सर्वोच्च अदालतले लगायो रोक