रुपन्देहीमा आमाको हत्या गर्ने छोरा पक्राउ
बिहीबार, ०१ फागुन २०८१, १७ : १७

बुटवल। रुपन्देहीको कञ्चन गाउँपालिकामा आमाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । कञ्चन गाउँपालिका १ स्थित सुन्दर टोलका २० वर्षीय सरोज परियार बिहीबार पक्राउ परेका हुन् ।
उनले ४५ वर्षीय आमा पार्वती परियारको हँसिया प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय सालझुण्डीले जनाएको छ । कान्छा छोरा सरोजले आँखा र हातमा हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ। घरमा मृतक पार्वती र उनका कान्छा छोरा मात्रै बस्दै आएका थिए ।
मृतक परियारका जेठा छोरा रोजगारीका लागि भारतमा रहेका छन् । प्रहरीले हत्याको कारणले अझै खुल्न नसकेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ