संघीय निजामती सेवाका श्रेणी र तहका बिषयमा सहमति जुट्यो
![संघीय निजामती सेवाका श्रेणी र तहका बिषयमा सहमति जुट्यो](https://npcdn.ratopati.com/media/news/rajya-bebastha_Ejps64olYm.jpg)
काठमाडौँ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाका श्रेणी र तहका बिषयमा सहमति जुटाएको छ । सिंहदरबारमा बिहीबार बसेको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भएको छलफलका क्रममा दफा ६ रहेको निजामती सेवाका श्रेणी र तहका बिषयमा सहमति जुटाएको हो ।
जसअनुसार निजामति कर्मचारी सेवामा चौधौं तह रहने भएको छ । त्यस्तै बैठकमा दफा ७ मा रहेको कार्यविवरण र कार्यसम्झौतामा बिषयमा पनि छलफल भएको थियो । छलफलका क्रममा सांसदहरुले कुनै स्थानमा सरुवा हुनेबितिकै कार्यमूल्याङ्कन गर्न उचित नहुने धारणा राखेका थिए ।
सांसद रघुजी पन्तले कार्यसम्पादन मूल्याङ्कन गर्दा कार्यप्रकृति बुझेर काम सुरु गरेपनि मात्रै गर्नुपर्ने धारणा राखे । त्यस्तै सांसद हितराज पाण्डले कार्यसम्पादन मूल्याङ्कन गर्दा दुई बर्ष वा समयअवधि तोकेर सरुवा गर्न नपाइने व्यवस्था राख्नुपर्ने बताए ।
उक्त विधेयकमाथि निरन्तर छलफल गर्ने र छिटो निष्कर्षमा पुराउने समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । उनले समितिमा परेको उजुरीहरु अध्ययन गर्नका लागि सांसद राजेन्द्र पाण्डेको संयोजकत्वमा उपसमिति गठन गर्ने निर्णय गरेको बताए ।
यसअघि गत पुष २२ गते बसेको समिति बैठकले उजुरीका सम्बन्धमा अध्ययन गरि टुङ्गोमा पुराउन उपसमिति गठन गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक संस्थानमध्येकै राम्रो नेप्से पुनर्संरचना किन आवश्यक ?
-
अखिल क्रान्तिकारीद्वारा माइतीघर मण्डलमा दीप प्रज्वलन, तस्बिरहरू
-
पोखराका १९ कर्मचारीको स्थायी नियुक्ति सदर
-
माओवादी केन्द्र दोरम्बा शैलुङ गाउँपालिकाको अध्यक्षमा टिका
-
शरतसिंह भण्डारीको मन्त्री पद धरापमा !
-
नयाँ शक्तिको निर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण