कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँ । सरकारले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडान गर्न दुई फरक कम्पनीको बोलपत्र स्वीकृत गरेको छ ।
सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै बोलपत्र स्वीकृत गरिएको जनाएको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण गर्न काठमाडौँको टंगालस्थित बीकेओआई–केसीडीसी–बीजी ज्वाइन्ट भेन्चरको बोलपत्र स्वीकृत गरिएको हो । अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाख ३० हजार १३ रुपैयाँ तीन पैसाको बोलपत्र स्वीकृत गरिएको छ ।
यसैगरी, कीर्तिपुर रंगशालामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फ्लड लाइट जडान गर्नका लागि ललितपुरस्थित विषन–इश्वरी ज्वाइन्ट भेन्चरको बोलपत्र स्वीकृत गरिएको छ । फ्लड लाइट जडानका लागि ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँ उनानब्बे पैसाको बोलपत्र स्वीकृत गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी कलाकारहरूसँग काम गरे देशद्रोहको मुद्दा !
-
इरान–अमेरिका वार्ता नयाँ चरणमा : विशेषज्ञहरु मार्फत समाधानको खोजी
-
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन
-
राष्ट्रङ्घद्वारा जम्मू–कश्मीरमा भएको आक्रमणको निन्दा गर्दै न्यायको माग
-
भारतको पहलगाममा भएको घटनाप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त
-
तस्बिरमा हेर्नुहोस् एनएसएल विजेता ललितपुरको खुसियाली