राजीनामाका लागि तयार रहन मन्त्री भण्डारीलाई अध्यक्ष ठाकुरको निर्देशन

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीबाट सरकारमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई राजीनामा दिनका लागि तयार रहन निर्देशन दिएका छन् ।
भूमिसम्बन्धी अध्यादेश अस्वीकार गरेपछि अध्यक्ष ठाकुरले मन्त्री भण्डारीलाई राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने भन्दै एक–दुई दिनमा के–के गर्नुछ गर्न भनेका हुन् ।
बिहीबार सर्लाहीमा आयोजित कार्यकर्ता भेटघाटमा अध्यक्ष ठाकुरले अध्यादेशका कारण सरकारमाथि नैतिक संकट आएको बताए । उनले सरकारमाथि मात्र नभई आफ्नो पार्टी पनि नैतिक संकटमा आएको बताए ।
सरकारमा रहेर विपक्षमा निर्णय गर्नु पार्टीका लागि नैतिक संकट रहेको भन्दै उनले आफूले पार्टीका मन्त्रीलाई एक दुई दिनमा के –के गर्नुछ गर्नुस् भनिसकेको बताए ।
उनले भने, ‘अध्यादेश अस्वीकार गर्नु भनेको सरकार गिराउनका लागि होइन तर सरकारमाथि नैतिक संकट आएको छ । हामीमाथि पनि नैतिक संकट आएको छ । नैतिक संकट भनेको पर्सन कुरा हो ।’
अध्यादेश ल्याउँदा आफूहरूसँग कुनै छलफल नगरेको बताउँदै उनले अध्यादेश ल्याउनुभन्दा अगाडि गठबन्धनको बैठकमा विरोध गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाइट क्लबमा आगलागीपछि उत्तरी म्यासेडोनियामा १५ जना पक्राउ
-
ब्रो काउलीमा विषादी फेला
-
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भन्छन्– ‘म्याराडोना सर्वकालीन महान् फुटबलर हुन्’
-
१७ औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता चैत्र ७ गतदेखि
-
ब्रेकअपको हल्लाबिच तमन्नाले विजयको कोट लगाएपछि...
-
सम्झौताअनुसार सेवा सुविधा नदिने मेनपावर कम्पनीहरूलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण