मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय
हेलिकप्टर उडान विवाद

सगरमाथा क्षेत्रमा अझै खुलेन नियमित हेलिकप्टर उडान

खुलाउनुपर्नेमा सात संस्थाको जोड
बिहीबार, ०१ फागुन २०८१, १६ : १७
बिहीबार, ०१ फागुन २०८१

काठमाडौँ । सगरमाथा क्षेत्रमा नियमित हेलिकप्टर उडानमा देखिएको समस्या अझै समाधान हुन सकेको छैन । जनवरी १ तारिखदेखि बन्द रहेको हेलिकोप्टर उडान डेढ महिना बितिसक्दा पनि नियमित हुन नसकेको हो । 

खुम्बु पासाङ ल्हामु गाउँपालिका, स्थानीय युवा समूह लगायत अन्य सङ्घ संस्था तथा सगरमाथा राष्ट्रिय निकुञ्जले जनवरी १ तारिखदेखि उक्त क्षेत्रमा हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि हेलिकप्टर कम्पनीहरूले आकस्मिक उडान समेत रोक लगाएका थिए । 

माघ ११ गते बसेको बैठकमा सेवा प्रदायकले आकस्मिक सेवाको अवरोध खुलाउने र नियमित उडानका लागि वार्ता गर्ने गरी सहमति भए पनि पटक पटक बैठक बस्दा समेत सम्बन्धित पक्ष अवरोध खुलाउन तयार नदेखिएका हुन् । अहिले सगरमाथा राष्ट्रिय निकुञ्ज भने हेलिकप्टर चल्न नदिने निर्णयबाट पछि हटिसकेको छ । 

करिब डेढ महिनादेखि उडान खुल्न नसकेपछि पर्यटन क्षेत्रसम्वद्ध सात संस्थाले उक्त क्षेत्रमा देखिएका समस्या कानुन वपिरित रहेको, तत्काल समस्या निराकरणका लागि वार्ता तथा संवादद्वारा समस्या समाधान गर्न दबाब दिएका छन् । गत सोमबार सङ्घको आयोजनामा बसेको बैठकमा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, पर्वतारोहण सञ्चालक सङ्घ नेपाल, नाटा, टान, होटल सङ्घ नेपाल, नेपाल उद्योग परिसंघको प्रतिनिधित्व रहेको थियो । 

यसरी अवरोध र प्रतिबन्ध कायम नै रहेको खण्डमा अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह हुनुका साथै पर्यटन उद्योग नै धराशायी हुनुका साथ साथै हेलिकप्टर कम्पनीलाई ठुलो आर्थिक भार पर्न गई व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सृजना हुने र हेलिकप्टर कम्पनीमा कार्यरत कर्मचारीको रोजगारी गुम्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

हाल उक्त क्षेत्रमा देखिएका समस्या समाधानका लागि वायुसेवा सञ्चालक सङ्घ, नेपाल तथा सदस्य कम्पनीलाई साथ दिई एकताबद्ध भई अघि बढ्ने निर्णय समेत गरेको छ ।

tourism_news

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप