काठमाडौँ । फिल्म ‘मायावी’को ट्रेलर सार्वजनिक गरिएको छ । पल शाह, दीपिका प्रसाईँको मुख्य भूमिका रहेको रोमान्टिक ड्रामा ‘मायावी’को ट्रेलरले फिल्मको कथावस्तु र कलाकारको चरित्र चित्रणबारे प्रकाश पार्छ ।
३ मिनेट लामो ट्रेलरको केन्द्रमा प्रेम र त्यागको कथा छ । ट्रेलर हेर्दा फिल्म पल र दीपिकाको प्रेम वरपर घुमेको अनुमान गर्न सकिन्छ । फिल्म दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । लभस्टोरी जनराको फिल्मको अभाव ‘मायाबी’ले टार्ने अनुमान गरिएको छ ।
फिल्ममा पल र दीपिकाको अलवा प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, समिम खान, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौड्याल, रवि डंगोल लगायतको अभिनय छ । फिल्मको कथा, पटकथा र निर्देशक दिवाकरकै छ ।
क्रिएटिभ सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माताको रुपमा रहेको फिल्ममा मञ्जु भण्डारी, राजु पराजुली र सुमित वली सहनिर्माताका रूपमा छन् । ‘मायाबी’ फागुन १४ गते प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया