अध्यादेश विवाद
लोसपाले भन्यो– अध्यादेश नसच्याए सरकारबाट बाहिरिन्छौँ
बिहीबार, ०१ फागुन २०८१, १५ : ५२

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले भूमिसम्बन्धी अध्यादेश नसच्याइए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । सो पार्टीका अध्यक्ष महन्थ ठाकुरले अध्यादेश सच्याइनुपर्ने पार्टीको निर्णय रहेको बताए ।
बिहीबार सर्लाहीमा लोसपा नेपालको जिल्ला कार्यसमितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै ठाकुरले संघीय सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश मधेस विरोधी रहेको बताए । उनले सो अध्यादेश कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै अध्यादेश नसच्चिए पार्टी सरकारबाट बाहिरिने बताए ।
उनले मधेसका हक, अधिकार र पहिचानको रक्षा गर्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै आन्दोलनका कार्यक्रमहरू अघि बढाइने चेतावनी पनि दिए। सो पार्टीका प्रवक्ता मनिष मिश्रले पनि पार्टी अध्यक्षले सरकारबाट बाहिरिने कुरा गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लो स्कोरिङ खेलमा लुम्बिनीसामु टिकेन मधेस
-
मुलुकको समृद्धिका पक्षमा धेरै काम भएका छन् : सभापति देउवा
-
च्यासलमा एमाले सचिवालय बैठक
-
अदालतले रोक्दारोक्दै ट्रम्प प्रशासनद्वारा सयौँ ग्याङ मेम्बर डिपोर्ट
-
ओली र देउवासँग प्रचण्डको प्रस्ताव– गणतन्त्र पक्षधर मिलौँ
-
घाँटी हेरेर मात्र हाड निल्नुपर्छ : गभर्नर अधिकारी