म्यानमारको ‘स्क्याम सेन्टर’ बाट सयौँ विदेशीलाई गरियो रिहा

यङ्गुन । म्यानमारको कारेन राज्यमा साइबर ठगी चलाइरहेका ‘स्क्याम सेन्टर’ हरूबाट सयौँ विदेशीलाई रिहा गरिएको छ । त्यहाँको जनजातीय सशस्त्र समूहले त्यस्ता स्क्याम सेन्टरमा जबर्जस्ती काम गर्न बाध्य २० देशका २५० भनदा धेरै नागरिकलाई रिहा गरेका हुन् । यिनीहरू सबैलाई थाइल्यान्ड ल्याइ पुर्याइएको बताइएको छ । यी कामदारहरूमध्ये आधाभन्दा धेरै अफ्रिकी वा एसियाली मूलको भएको बताइएको छ ।
यी मानिसहरू मानव तस्करीबाट पीडित थिए कि थिएन भनेर खोजबिन भइरहेको बताइएको छ । गएको हप्ता थाई प्रधानमन्त्री पेतोङतार्न शिनावात्राले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेटेकी थिइन् । यस भेटमा उनले थाइल्यान्ड र म्यानमारको सीमामा मौलाइरहेका स्क्याम सेन्टरहरू बन्द गर्ने वाचा गरेकी थिइन् । उनको सरकारले सीमावर्ती क्षेत्रमा बिजुली र इन्धनमा पहुँच रोकेको छ ।
सञ्चालकहरूले त्यस्ता केन्द्र चलाउन नसकुन् भनेर बैंकिङ र भिसा नियम पनि कसिलो पारिएको छ । गएको दुई वर्षदेखि थाइल्यान्डमा विपक्षी दलका सांसदहरूले यस्तो खालको कारबाहीको माग गरिरहेका थिए ।
राम्रो तलबको लोभ देखाएर विदेशीहरूलाई यस्ता घोटाला केन्द्रमा ल्याएर बन्दी बनाएर काम गराइएका घटनाहरू कयौँ देखिएका छन् । यस्ता केन्द्रमा विशेष गरी साइबर ठगीको धन्दा चलाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
-
गभर्नर नियुक्ति प्रकरण : २० वर्ष अघिको सकस दोहोरिँदै
-
गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा
-
कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध
-
शिक्षकले विद्यार्थीको भविष्य बिगार्न हुँदैन
-
संविधान संशोधन गरी मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद