पाइप फुटेर पानीले क्षति गरेको बबरमहलको सडक मर्मतका लागि प्राधिकरणलाई पत्राचार
बिहीबार, ०१ फागुन २०८१, १५ : ३०
_weRFlrHGhc.jpg)
काठमाडौँ । सडक डिभिजन काठमाडौँले मेलम्चीको पाइप फुटेर पानीले क्षति गरेको बबरमहलको सडक मर्मतका लागि नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेको छ ।
सडक डिभिजन काठमाडौँका सूचना अधिकार महानन्द जोशीले बिहीबार प्राधिकरणलाई पत्राचार गरेको जानकारी दिए ।
साथै प्राधिकरणले गल्ती स्वीकार गरेको र मर्मत गर्न तयार रहेको उनले बताए । ‘हिजै प्राधिकरणले आफ्नो कारण क्षति भएको स्वीकार गरेको छ । मर्मत गरिदिन तयार छ । धेरै भत्किएको छैन । मर्मत गर्छु भनेको छ, गर्छ,’ जोशीले भने,‘पत्राचार गरिरहनुपर्ने विषय नभएता पनि भोलि नगर्ला भनेरमात्र पत्राचार गरेको हो ।’
प्राधिकरणले विद्युतका तारहरू अन्डर ग्राउण्ड गर्नका लागि होरिजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको मेलम्चीको पाइप फुटेको थियो । उक्त पाइप मर्मत भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’
-
‘लाठे’ लोकतन्त्र किन लड्बडायो ?
-
आज राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै
-
गण्डकी प्रशिक्षण प्रतिष्ठानमा तिवारी नियुक्त
-
लोकतन्त्रलाई कमजोर हुन दिने छैनौँ भनेर प्रण गरौँ : कार्यवाहक सभापति खड्का
-
‘अनलाइन’बाटै नागरिकता सिफारिस गर्दै बैतडीका स्थानीय तह