भारत र पाकिस्तानबिच गोली हानाहान, कम्तीमा चार जनाको मृत्यु
![भारत र पाकिस्तानबिच गोली हानाहान, कम्तीमा चार जनाको मृत्यु](https://npcdn.ratopati.com/media/news/kashmir_W2AJjUC3NV.png)
भारत । भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक सैन्यीकृत काश्मीर सीमामा गोलीबारी गरेका छन् । पाकिस्तानी पक्षले बिहीबार कम्तीमा चार जनाको ज्यान गएको बताएको छ ।
सन् १९४७ मा बेलायती औपनिवेशिक शासनको अन्त्यमा एसियाली उपमहाद्वीपबाट विभाजन भएयता काश्मीर दुई छिमेकी देशबिच विभाजित छ ।
दुवै राष्ट्रले यसमाथि पूर्ण दाबी गर्छन् र यस हिमालय क्षेत्रको नियन्त्रणका लागि दुई युद्ध र थुप्रै साना लडाइँ लडेका छन् ।
पाकिस्तानी सरकारी प्रसारक पिटिभीले अज्ञात सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बुधबारको घटनामा त्यस देशका दुई सैनिक र दुई सर्वसाधारण घाइते भएको जनाएको छ ।
अज्ञात भारतीय सुरक्षा अधिकारीहरूले प्रसारणकर्ता एनडिटिभीलाई पाकिस्तानी सेनाले बिना कुनै उक्साहट गोली चलाएपछि भारतीय सेनाले जवाफमा गोली चलाएको बताएका छन् ।
एएफपीले सोध्दा पाकिस्तानी सेनाले टिप्पणी गर्न अस्वीकार गर्यो । भारतीय सेनाका अधिकारीहरूले टिप्पणीको अनुरोधमा जवाफ दिएनन् ।
यो घटना त्यस क्षेत्रमा दुई दिनअघि एक विस्फोटक उपकरणबाट दुई भारतीय सैनिक मारिएको घटनापछि भएको हो ।
सन् २००३ मा दुवै छिमेकीले हस्ताक्षर गरेको सीमा युद्धविराम सम्झौता त्यसयताका दशकहरूमा मोटामोटी कायम रहेको छ तर दुवैले एक अर्कालाई यसको उल्लङ्घन गरेको बारम्बार आरोप लगाउँछन् ।
गत महिना भारतीय सेनाले भारत प्रशासित क्षेत्रमा प्रवेश गर्ने प्रयास गर्दा काश्मीर सीमामा आफ्ना सैनिकहरूले दुई विद्रोही लडाकुलाई मारेको बताएको थियो ।
धेरै विद्रोही समूहले मुस्लिम बहुल क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै त्यस क्षेत्रमा तैनाथ भारतीय सेनासँग लडेका छन् ।
द्वन्द्वमा दशौँ हजार मानिसको मृत्यु भएको छ । तीमध्ये अधिकांश सर्वसाधारण छन् ।
सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले आंशिक स्वायत्तता रद्द गरेर नयाँदिल्लीबाट क्षेत्रको प्रत्यक्ष नियन्त्रण लागू गरेपछि लडाइँ घटेको छ । तर गत वर्ष तीन वर्षमा ५० भन्दा बढी सैनिकको ज्यान लिने घातक विद्रोही आक्रमणहरूको शृङ्खलापछि दक्षिणी पहाडी क्षेत्रहरूमा हजारौँ थप सैनिक तैनाथ गरिएका थियो ।
भारतले नियमित रूपमा पाकिस्तानलाई भारतीय सेनामाथि आक्रमण गर्न विद्रोहीहरूलाई साझा सीमा पार गराएर पठाएको आरोप लगाउँछ । पाकिस्तानले यो आरोप अस्वीकार गर्दै आफूले काश्मीरको आत्मनिर्णयको सङ्घर्षलाई मात्र समर्थन गर्ने बताउँछ । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा महानगरले २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने, २० लाख पर्यटक ल्याउने
-
६८८ मतान्तरसहित नेसपा अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित
-
कोटीहोम नरोक्न पोखरा महानगरलाई उच्च अदालतको आदेश
-
कांग्रेसका भ्रातृ संस्थाको महाधिवेशनका लागि म्याद थप नहुने
-
पाथीभराको मौलिकता संरक्षण गर्न सरोकारवालाको माग
-
हेटौँडाबाट खैरो हिरोइनसहित ४ जना पक्राउ