मुस्लिम सङ्घको लुम्बिनी अधिवेशन नेतृत्व चयन गर्न असफल
बिहीबार, ०१ फागुन २०८१, १४ : ४५

बुटवल । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल मुस्लिम सङ्घ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन नेतृत्व चयनबिनै स्थगित गरिएको छ । लुम्बिनी प्रदेशका ११ जिल्लाका १२८ प्रतिनिधिहरूले भाग लिएको सम्मेलनको उद्घाटन कांग्रेस महामन्त्री गगन थापाले गरेका थिए ।
निर्वाचन समिति संयोजक अधिवक्ता लोकराज खरेलले अन्य पदमा मतदान नगर्नु पर्ने भएपनि अध्यक्ष, उपाध्यक्ष र सचिव भने मतदान गर्नु पर्ने भएको र सर्वसम्मत रूपमा चयन गर्नका लागि हाललाई निर्वाचन प्रक्रिया सारिएको रातोपाटीलाई बताए।
सर्वसम्मत गर्नका लागि छलफलको माग गरिए अनुसार स्थगित भएको उनको भनाइ छ । निर्वाचन समितिका अनुसार एक जना अध्यक्षको लागि तीन जनाको उम्मेदवारी परेको छ । अहिले अधिवेशन स्थगित गरेर सहमतिको प्रयास भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय ऊर्जामन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना
-
प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार दुवाल र चन्दलाई
-
इसेवाले ल्यायो १ लाख जित्न सकिने अफर
-
केएल राहुलले तोडे डेभिड वार्नरको कीर्तिमान
-
कक्षा १२ को परीक्षाको संशोधित तालिका आज प्रकाशित गरिने
-
प्ले–अफ चरण प्रवेशको सम्भावना जीवित राख्न जित्नैपर्ने दबाबमा मुम्बई र हैदराबाद