शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारे : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका छन् । बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रकृतिको दोहन गरेर शक्ति राष्ट्रहरूले पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका हुन् ।
मन्त्री पाण्डेले प्रकृतिको दोहनका कारण पञ्चत्व पृथ्वी, जल, तेज, वायु र आकाशको सन्तुलन बिग्रिएको बताए । कर्णाली नदीलाई एउटा महत्त्वपूर्ण सम्भावना बोकेको नदीको रूपमा अगाडि सार्न सकिने पनि उनले बताए । उनले कर्णाली नदीको शाखा नदीहरूबाट मात्रै सात हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने भएकाले कर्णाली नदीले महत्त्वपूर्ण सम्भावना बोकेको बताए । अहिले नदीको अतिक्रमण गर्नु हुँदैन भन्ने छलफल सुरु भएको भन्दै उनले यसलाई गम्भीरताका साथ अगाडि लैजानुपर्ने बताए ।
उनले भने, ‘कर्णाली नदीलाई एउटा महत्त्वपूर्ण सम्भावना बोकेको नदीको रूपमा यसलाई अगाडि सार्न सकिन्छ, यसका शाखा नदीहरूबाट मात्रै विद्युत् उत्पादन पनि सात हजार मेगावाटभन्दा बढी उत्पादन सम्भव छ भने मूल नदीलाई हामीले किन अतिक्रमण गर्ने, दोहन वा खण्डित गर्ने भन्ने एउटा छलफल सुरु भएको छ ।’
मन्त्री पाण्डेले शक्ति राष्ट्रहरूलाई पृथ्वी जोगाउनुस् भन्ने अभियानसहित दबाब र सुझावको वातावरण निर्माणमा एकताबद्ध प्रयास गर्नसके प्रतिफल प्राप्त गर्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
जनकपुरमा जानकी जन्मोत्सव शुरु, आजदेखि श्रीराम कथा वाचन
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्याङ्क तथा दिराम, दिनार र रियालको मूल्य ?
-
लुम्बिनीको पर्यटकीय सुधारका लागि दाताले दिएका विद्युतीय सवारीको विजोग, कतिपयको पाङ्ग्रा गायब
-
शिक्षक महासंघसँग सिंहदरबारमा मध्यरातमा वार्ता, सरकार सकारात्मक, ठोस निर्णय हुन बाँकी