बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय

तरुण दलले २९ फागुनसम्म पूर्णकालीन सदस्यता वितरण गरिसक्ने

बिहीबार, ०१ फागुन २०८१, १४ : २४
बिहीबार, ०१ फागुन २०८१

काठमाडौँ  । नेपाली कांग्रेसको भ्रातृसंस्था तरुण दलले २९ फागुनसम्म सङ्गठनको पूर्णकालीन सदस्यता वितरण गरिसक्ने निर्णय गरेको छ । बुधवार बसेको केन्द्रीय समिति र जिल्ला अध्यक्षहरूको संयुक्त बैठकले २९ फागुनसम्म सदस्यता वितरण गरिसक्ने निर्णय गरेको अध्यक्ष विद्वान गुरुङले जानकारी दिए । 

दलको अर्को बैठक चैत २ र ३ गते काठमाडौँमा बस्ने र त्यसले चैत मसान्तसम्म महाधिवेशन गरिसक्ने गरी कार्यतालिका सार्वजनिक गर्ने निर्णय पनि बैठकले गरेको छ ।  कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा महाधिवेशन निर्देशन समिति संयोजक कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय, कांग्रेस केन्द्रीय सदस्यद्वय सरिता प्रसाई र जितजंग बस्नेत पनि सहभागी थिए । 

कांग्रेसले केही समयअघि महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको चैत मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप