बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय

युक्रेनबिना युक्रेनको कुरा हुन्न : बेलायती रक्षामन्त्री

बिहीबार, ०१ फागुन २०८१, १४ : १२
बिहीबार, ०१ फागुन २०८१

लन्डन । बेलायतका रक्षामन्त्री जोन हेलीले  युक्रेनबिना युक्रेनको विषयमा कुरा नहुने बताएका छन् । बस्रेल्समा नाटोको रक्षा मन्त्रीहरूको एउटा बैठकमा उनले यस्तो बताएका हुन् ।

अमेरिकी राष्ट्रपतिले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनमा कुरा गरेको बताएका थिए । उनको यो प्रतिक्रिया युक्रेनबिनै युक्रेनमा शान्ति स्थापनाको वार्ता हुनसक्छ भनेर ट्रम्पले दिएको प्रतिक्रियामा आएको हो । 

नेटोको काम युक्रेनलाई सम्भावित कुनै पनि वार्तामा सम्भव भएसम्मको बलियो ठाउँमा राख्नु भएको पनि उनले बताए । ‘युक्रेन बिना युक्रेनबारे कुनै छलफल हुने छैन,’ अझ अगाडि हेलीले भने ।

नेटोमार्फत युक्रेनलाई समर्थन गर्ने नयाँ घोषणा आउन सक्ने पनि उनले बताए । आफूहरूले दिगो शान्ति चाहेको अनि शान्ति प्रक्रियामा गइसकेपछि द्वन्द्व वा हिंसामा फर्किएको हेर्न नचाहेकोमा उनको भनाइ थियो ।

रुस युक्रेनबाहेक अरुका लागि पनि खतराको रुपमा रहेको छ भन्ने कुरा बिर्सन नहुनेमा उनले जोड दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप