काठमाडौँ । काठमाडौँको बबरमहलमा फुटेको खानेपानी पाइपको मर्मत सुरु भएको छ । बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइपको मर्मत गरिएको हो ।
सो क्षेत्रमा फुटेको पाइपको स्थानमा नयाँ पाइप राखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । काठमाडौँमा वितरण गरिने थोक प्रणालीको पाइप फुटेपछि बुधबार रातिदेखि नै मर्मत गर्ने कार्य सुरु गरिएको थियो ।
पाइप फुटेपछि पानी पूरै बगेर बबरमहल जलमग्न भएको थियो । मर्मत पूर्ण रूपमा सकिएपछि परीक्षण गरी पानी वितरण प्रक्रिया सुरु गर्ने केयूकेएलले जानकारी दिएको छ ।
विद्युत्का तार भूमिगत गर्न ड्रिलिङ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको थियो । जसले विशेष अदालतसहित सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो । बिहीबार पानी छिरेका सरकारी कार्यालयहरूमा सफाइको काम गरिएको छ ।
प्रतिक्रिया