‘बुलबुल’ ओटीटीमा रिलिज हुने
_P0yg27Pyvo.jpg)
काठमाडौँ । सन् २०१९ मा भ्यालेन्टाइन डे को दिन हलमा प्रदर्शनमा आएको चलचित्र ‘बुलबुल’ ओटीटीमा पनि भ्यालेन्टाइन डेकै दिन अर्थात् भोलि फेब्रुवरी १४ मा रिलिज हुने भएको छ ।
पहिले हलमा हेर्न नपाएका र नभ्याएका दर्शकले देशभित्र र विदेशबाट समेत बुलबुल हेर्न माग गरेपछि एमएसएम एपमार्फत पुनः प्रदर्शनमा ल्याउन लागेको चलचित्रका निर्माता अविरल थापाले बताए ।
चलचित्रमा स्वस्तिमा खड्काले उत्कृष्ट अभिनय गरेबापत सार्क फिल्म फेस्टिभललगायत अन्य घरायसी फेस्टिभलहरूमा साथै राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी थिइन् ।
विनोद पौडेलको निर्देशन रहेको चलचित्र नेपालको तर्फबाट ९२ औं अस्कर फिल्म अर्वाडमा पनि प्रतिनिधित्व गरेको थियो । संसारका कैयन अन्य चलचित्र महोत्सवमा पनि छानिएको थियो ।
चलचित्रमा स्वस्तिमाको अलवा मुकुन भुषाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्रीलगायतको अभिनय छ । यही टिमले बनाएको हरिवंश आचार्यको प्रमुख भूमिका रहेको चलचित्र ‘भूठान’ २०८२ वैशाख १२ मा प्रदर्शनमा आउँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते