बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय

‘बुलबुल’ ओटीटीमा रिलिज हुने

बिहीबार, ०१ फागुन २०८१, १४ : ०९
बिहीबार, ०१ फागुन २०८१

काठमाडौँ । सन् २०१९ मा भ्यालेन्टाइन डे को दिन हलमा प्रदर्शनमा आएको चलचित्र ‘बुलबुल’ ओटीटीमा पनि भ्यालेन्टाइन डेकै दिन अर्थात् भोलि फेब्रुवरी १४ मा रिलिज हुने भएको छ । 

पहिले हलमा हेर्न नपाएका र नभ्याएका दर्शकले देशभित्र र विदेशबाट समेत बुलबुल हेर्न माग गरेपछि एमएसएम एपमार्फत पुनः प्रदर्शनमा ल्याउन लागेको चलचित्रका निर्माता अविरल थापाले बताए ।

चलचित्रमा स्वस्तिमा खड्काले उत्कृष्ट अभिनय गरेबापत सार्क फिल्म फेस्टिभललगायत अन्य घरायसी फेस्टिभलहरूमा साथै राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी थिइन् ।

विनोद पौडेलको निर्देशन रहेको चलचित्र नेपालको तर्फबाट ९२ औं अस्कर फिल्म अर्वाडमा पनि प्रतिनिधित्व गरेको थियो । संसारका कैयन अन्य चलचित्र महोत्सवमा पनि छानिएको थियो ।

 

चलचित्रमा स्वस्तिमाको अलवा मुकुन भुषाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्रीलगायतको अभिनय छ । यही टिमले बनाएको हरिवंश आचार्यको प्रमुख भूमिका रहेको चलचित्र ‘भूठान’ २०८२ वैशाख १२ मा प्रदर्शनमा आउँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप