बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय

टेस्लासँग ४० करोड डलर मूल्यका सवारी साधन किन्दैछ ट्रम्प प्रशासन

बिहीबार, ०१ फागुन २०८१, १३ : ५५
बिहीबार, ०१ फागुन २०८१

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले घरेलु विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लासँग ४० करोड डलर मूल्यका सवारी साधन किन्ने भएको छ । विदेश मन्त्रालयको नयाँ दस्तावेजले यस्तो देखाएको हो । 

यो खरिद आव २०२५ मा गरिने उक्त दस्तावेजमा भनिएको छ । टेस्लाका प्रमुख कार्यकारी अधिकारी एलन मस्क यतिबेला ह्वाइट हाउसका शीर्ष अधिकारी छन् । ट्रम्पले उनलाई सरकारी दक्षता विभागको जिम्मा दिएका छन् ।

यो विभागको काम सङ्घीय सरकारको कर्मचारी र खर्च कटौती गरेर भ्रष्टाचार घटाउनु रहेको छ ।  सरकारले कुन कुन सवारी साधन किन्न लागेको हो भनेर चाहिँ खुलाइएको छैन । तर एउटा विकल्प टेस्लाको साइबर ट्रक हुन सक्ने मानिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप