पोखरेली माझ गुन्जँदै सोप्निल
![पोखरेली माझ गुन्जँदै सोप्निल](https://npcdn.ratopati.com/media/news/sopna-suman_4S3BVgyGWu.jpg)
काठमाडौँ । युवा पुस्ता माझ लोकप्रिय गायक सोप्निल शर्माले १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन्स डेमा पोखराका दर्शक नचाउने भएका छन् । पोखराको बाराही चोक बाराहीघाट लेखसाइटमा आयोजना हुन लागेको ‘फरेनहाइट वान लभ’ नामक सांगीतिक कार्यक्रम मार्फत उनले त्यहाँका दर्शक नचाउने भएका हुन् ।
फरेन हाइट क्लबको आयोजनामा हुन लागेको कार्यक्रममा शर्माले आफ्ना लोकप्रिय करिब दर्जन गीत प्रस्तुत गर्ने छन् । कार्यक्रममा शर्माको अलवा अलवा द एज नेपाल ब्याण्डको समेत सांगीतिक प्रस्तुति रहनेछ ।
१४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन्स डेमा सबैलाई सांगीतिक मनोरञ्जन प्रदान गराने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक फरेनहाइट क्लबमा प्रबन्ध निर्देशक सोनम शेर्पाले बताए । ‘अहिले क्लब बन्द छ । क्लब बन्द भएपनि क्लबले गर्दै आएको सांगीतिक प्रस्तुति जारी रहोस् भनेर आयोजना गरिएको हो’ शेर्पाले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिसिल आइनपुगेकाले माधव र बाबुरामविरुद्धको मुद्दाको सुनुवाइ भएन
-
लागुऔषध पोल्यान्ड सहित दुई जना पक्राउ
-
संघीय निजामती सेवाका श्रेणी र तहका बिषयमा सहमति जुट्यो
-
कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत
-
देशलाई आत्मनिर्भरताको अभियानमा केन्द्रित गर्नुपर्ने बेला आएको छ : प्रचण्ड
-
ईसीडी एक वर्षको मात्रै बनाउन सुझाव