ऋषभ पन्तको सट्टा प्रशिक्षकको रोजाइमा परे केएल राहुल

काठमाडौँ । च्याम्पियन्स ट्रफीअघि भारतीय टोलीले हालै घरेलु मैदानमा इङ्ल्यान्डसँग तीन खेलको एकदिवसीय शृंखला खेल्यो । तीन खेलको शृंखलामा भारतीय टोली ३–० ले विजयी पनि भयो ।
यो शृंखलापछि भारतीय टोलीका प्रशिक्षक गोतम गम्भीरले च्याम्पियन्स ट्रफीमा खेलाउने आफ्ना अन्तिम ११ खेलाडीको खाका पनि तयार पारेका छन् । उनले च्याम्पियन्स ट्रफीमा खेलाउने विकेटकिपरको बारेमा पनि टुंगो लगाएका छन् ।
च्याम्पियन्स ट्रफीका लागि घोषित भारतीय टोलीमा केएल राहुल र ऋषभ पन्त गरी दुईजना विकेटकिपरलाई समावेश गरिएको थियो । तर, प्रमुख प्रशिक्षक गम्भीरले च्याम्पियन्स ट्रफीमा केएल राहुलले विकेटकिपरको भूमिका निर्वाह गर्ने बताएका छन् ।
ऋषभ पन्तले हालै सम्पन्न इङ्ल्यान्डविरुद्धको एकदिवसीय शृंखलामा पनि अवसर पाएका थिएनन् । शृंखलाको तीनवटै खेलमा केएल राहुलले विकेटकिपरको भूमिका निर्वाह गरेका थिए । उनको प्रदर्शन उत्कृष्ट पनि थियो ।
त्यसैले प्रशिक्षक गाम्भीरले केएल राहुललाई नै च्याम्पियन्स ट्रफीमा पनि विकेटकिपर बनाउने निर्णय लिएका हुन् । उनी भन्छन्, ‘केएल राहुल नम्बर एक विकेटकिपर हुन् । उनको प्रदर्शन पनि स्तरीय छ । हाम्रा दुबै विकेटकिपरको प्रदर्शन राम्रो छ । त्यसैले हामीले राम्रोमध्ये पनि बढी राम्रोलाई चयन गर्नुपर्ने हुन्छ ।’
ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्यभामा माथेमाका तीन कविता
-
बेलायतको सर्वोच्च अदालतको फैसला : ट्रान्स महिलाहरू कानुनी रूपमा महिला होइनन्
-
पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौं : पर्यटनमन्त्री पाण्डे
-
नेवार समुदायमा समाजवादको भ्रूण छ : अध्यक्ष प्रचण्ड
-
२०८२ साल शब्दहरूमा यात्राको स्पन्दन
-
'गणतन्त्रवादी एक हुनुपर्छ, पूर्वराजाको सम्पत्ति छानबिन गर्नुपर्छ'