मकुना मृत्यु प्रकरण : विभाग अगाडि विरोध प्रदर्शन
![मकुना मृत्यु प्रकरण : विभाग अगाडि विरोध प्रदर्शन](https://npcdn.ratopati.com/media/news/makuna_766UyjEUXN.jpg)
काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बबरमहल अगाडी विरोध प्रदर्शन भएको छ । पशु अधिकारकर्मीहरू, संरक्षणकर्मीहरू लगायत चितवन राष्ट्रिय निकुञ्जमा माघ २३ गते जङ्गली हात्ती (मकुना) को मृत्यु घटनाको विरोध गरेका हुन् ।
पशु कल्याण सङ्घ नेपालको नेतृत्वमा विभिन्न पशु अधिकारकर्मीले मकुनाको मृत्युको छानबिन हुनु पर्ने, अन्य जङ्गल जनावर संरक्षणमा आरक्षण क्षेत्रका अधिकारी सचेत हुनु पर्ने लगायत माग राख्दै विरोध गरेका हुन् । पशु कल्याण सङ्घ नेपालका अध्यक्ष स्नेह श्रेष्ठका अनुसार आत्मरक्षा गर्ने भन्दै संरक्षित जनावर मर्ने नजिर बन्न नदिनका लागि ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गरिएको हो ।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली हात्ती (मकुना) को मृत्युका विषयमा छानबिन समिति गठन गरेको छ । सो समितिले औपचारिक रूपमा काम गरिरहेको छ । तर सो समितिमा स्वतन्त्र क्षेत्रका कोही पनि नराखिएको पशु कल्याण सङ्घ नेपालले गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली सरकारको औचित्य सकियो : प्रभु साह
-
राजीनामाका लागि तयार रहन मन्त्री भण्डारीलाई अध्यक्ष ठाकुरको निर्देशन
-
आईसीसीको कारबाहीमा परे पाकिस्तानका तीन प्रभावशाली क्रिकेटर
-
साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ७.२६ अंकले घट्यो
-
सगरमाथा क्षेत्रमा अझै खुलेन नियमित हेलिकप्टर उडान
-
अमेरिकामा छात्रसँग अनुचित सम्बन्ध राखेको आरोपमा शिक्षिका पक्राउ, २० वर्ष सजाय हुन सक्ने