आगामी फिल्ममा प्रभाससँग स्क्रिन शेयर गर्दैछन् अनुपम खेर
![आगामी फिल्ममा प्रभाससँग स्क्रिन शेयर गर्दैछन् अनुपम खेर](https://npcdn.ratopati.com/media/news/capture_okup2vLJN8.png)
नयाँ दिल्ली । बलिउड अभिनेता अनुपम खेरको हातमा यतिबेला अर्को फिल्म आएको छ । यस फिल्ममा उनी साउथ सुपरस्टार प्रभाससँगै देखिनेछन् । यो जानकारी अनुपम खेर आफैँले शेयर गरेका हुन् ।
यो साउथ फिल्म मैत्री मुभिजको ब्यानरमा बन्नेछ । यसको निर्देशन लोकप्रिय दक्षिण निर्देशक हनु राव राघवपुडीले गर्नेछन् । यो अनुपम खेरको ५४४ औँ फिल्म हुनेछ ।
- भारतीय सिनेमाको ‘बाहुबली’सँग छ.गर्नेछु फिल्म
अनुपम खेरले बिहीबार आफ्नो इन्स्टाग्राम अकाउन्टबाट प्रभाससँगको आफ्नो एक तस्बिर सेयर गरेका छन् । ‘अनाउन्सेमन्टः यो बताउँदा मलाई निकै खुसी लागिरहेको छ कि मेरो ५४४औँ फिल्म भारतीय सिनेमाका ‘बाहुबलीु, प्रभासको साथमा हुनेछ !’ तस्बिरको क्याप्सनमा उनले लेखेका छन् । फिल्मको शीर्षक अझै तय भएको छैन ।
- अद्भुत छ कथा
अनुपम खेरले थप लेखेका छन्, ‘यो फिल्म मैत्री मुभिजका निर्माताहरूको उत्कृष्ट टोलीले बनाउनेछ । यो अद्भुत कहानी हो !! जीवनमा अरू के नै चाहिएको छ र ! जय हो !’ अनुपम खेरको पोस्टमा प्रयोगकर्ताहरूको कमेन्टको ओइरो आइरहेको छ ।
अनुपम खेर हालै कंगना रनौतको फिल्म इमर्जेन्सीमा देखिएका थिए । यसमा उनले जयप्रकाश नारायणको भूमिका निर्वाह गरेका थिए । तर, बक्स अफिसमा फिल्मले राम्रो व्यापार भने गर्न सकेन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईसीडी एक वर्षको मात्रै बनाउन सुझाव
-
ओली सरकारको औचित्य सकियो : प्रभु साह
-
राजीनामाका लागि तयार रहन मन्त्री भण्डारीलाई अध्यक्ष ठाकुरको निर्देशन
-
आईसीसीको कारबाहीमा परे पाकिस्तानका तीन प्रभावशाली क्रिकेटर
-
साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ७.२६ अंकले घट्यो
-
सगरमाथा क्षेत्रमा अझै खुलेन नियमित हेलिकप्टर उडान