शाहरुख–सलमानसँग फिल्म बनाउन चाहँदैनन् निखिल आडवाणी

नयाँ दिल्ली । निर्देशक निखिल आडवाणीले सलमान खान, शाहरुख खान र अक्षय कुमारसँग धेरै फिल्महरू बनाइसकेका छन् । हालै एक अन्तरवार्ताको क्रममा निखिलले अब सुपरस्टारहरूसँग कसरी फिल्म बनाउने भनेर थाहा नभएको बताएका थिए ।
फ्यानहरूले यी स्टारहरूबाट ठूलो बक्स अफिस कलेक्शनको अपेक्षा गर्छन् । उनी यी स्टारहरूसँग फिल्म त बनाउन सक्छन्, तर दबाबबाट बच्न उनीहरूलाई निर्देशन गर्न चाहँदैनन् ।
आफूलाई ठान्थे भाग्यमानी
‘म सलमानसँग फिल्म बनाउन चाहन्न,’ निर्देशकले भनेको भन्दै इन्डियन एक्सप्रेसको एक समाचार छापेको छ । आफूले काम गर्न चाहेका मानिसहरूलाई रोज्न सकेकोमा आफूलाई धेरै भाग्यमानी ठानेको पनि उनले बताए । ‘म सबैसँग भन्छु कि जोन, अक्षयका फिल्महरू ठुलो बजेटका हुन्छन् र ६००–८०० करोड कमाउने फिल्म कसरी बनाउने भनेर मलाई थाहा छैन ।’ उनले भने ।
शाहरुख खान, सलमान खान, अक्षय कुमार र अजय देवगन धेरै ठुला स्टार हुन् । उनीहरूका फ्यानलाई सन्तुष्ट पार्न ठूलै रकम चाहिने अनि यति ठुलो बजेटको फिल्म कसरी बनाउने भन्ने कुरा आफूलाई थाहा नभएको पनि आडवाणीले भने ।
शाहरुख खानसँग काम गर्दिनँ
‘कल हो ना हो’का कारणले गर्दा शाहरुख र आफ्नो कामबारे राम्रो सम्बन्ध भएको उनले बताए । तर अहिलेका लागि उनीसँग शाहरुखका लागि कुनै विशेष काम नभएको उनले बताए । कुछ कुछ होता है, कभी खुशी कभी गम र कल हो ना हो जस्ता फिल्महरूलाई माथ दिन सक्छ भन्ने नलाग्दासम्म उनीसँग आफूले काम गर्ने आडवाणीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिरासतमा रहेकी अमेरिकी महिला तालिबानद्वारा रिहा
-
सडकमा मान्छे पूर्वराजाको समर्थनमा होइन, सरकारको विरोधमा गएको होः सुदन किराती
-
मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा मिर्चैयाका अस्पताल अनुगमन, दुई जना पक्राउ
-
अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै नागरिक समाजको धर्ना
-
बालसुधार गृहमा किन हुन्छ बारम्बार झडप ?
-
हैदराबादलाई हराउँदै लगातार दोस्रो जित निकाल्ने दाउमा दिल्ली