बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय

बङ्गलादेशको विद्यार्थी आन्दोलनमा १४०० जना मारिएका थिए: रिपोर्ट

बिहीबार, ०१ फागुन २०८१, १२ : ४८
बिहीबार, ०१ फागुन २०८१

ढाका ।  बंगलादेशमा गत वर्ष सरकारी जागिरमा आरक्षणको विरोधमा भएको विद्यार्थी आन्दोलनमा भएको दमनबारे संयुक्त राष्ट्र संघ (यूएन)ले बुधबार एउटा प्रतिवेदन जारी गरेको छ ।

 उक्त आन्दोलन दबाउने क्रममा १ हजार ४०० जना मारिएको दाबी प्रतिवेदनले गरेको छ । यी मध्ये धेरैजसोको मृत्यु सुरक्षा बलको गोलीबारीका कारण भएको भनिएको छ । 

प्रतिवेदन अनुसार, बंगलादेशी सुरक्षा बलले आन्दोलनलाई दबाउन ठुलो मात्रामा गोलीबारी चलाएको थियो । आन्दोलनकारीहरूलाई तितरबितर पार्न गिरफ्तारी र यातनाको सहारा लिइएको थियो । यो कारबाही राजनीतिक नेतृत्व र उच्च सुरक्षा अधिकारीहरूको आदेशमा गरिएको पनि प्रतिवेदनमा उल्लेख छ । यूएनले यसलाई ‘मानवता विरुद्धको अपराध’ भनेको छ । यसमाथि अन्तर्राष्ट्रिय अनुसन्धानको माग गरेको छ । 

गत वर्ष बंगलादेशमा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई हटाउन विद्यार्थीहरूले व्यापक विरोध प्रदर्शन गरेका थिए । त्यसलाई दबाउन सुरक्षा बलले हिंसाको सहारा लिए । पछि हसिनाले देश छोडेर भारतमा शरण लिनुपर्‍यो ।

 हसिनालाई अपदस्थ गर्ने आन्दोलनकारी विद्यार्थीहरूले अब नयाँ पार्टी (नुतान बंगलादेश पार्टी) गठनको घोषणा गरेका छन् । विद्यार्थीहरूले यसको लागि ठुलो मात्रामा योजना बनाइरहेको बताइएको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप