विराट कोहली होइन, रजत पाटिदार बने रोयल च्यालेन्जर्स बेंगलुरुको कप्तान

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणका लागि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले रजत पाटिदारलाई कप्तानको जिम्मेवारी दिएको छ । प्रभावशाली खेलाडी विराट कोहलीलाई कप्तानको जिम्मेबारी दिने चर्चाबिच आरसीबीले रजतलाई कप्तान बनाएको हो । रजत सन् २०२१ मा आरसीबीसँग जोडिएका थिए ।
आईपीएलको अघिल्लो सिजनमा दक्षिण अफ्रिकाका प्रभावशाली खेलाडी फाफ डु प्लेसिसले आरसीबीको कप्तानको जिम्मेबारी निर्वाह गरेका थिए । तर, यसपटक आरसीबीले उनलाई रिटेन गरेन । मेगा अक्सनमा पनि आरसीबीले फाफ डु प्लेसिसलाई खरिद गरेन । आईपीएलको आगामी सिजनका लागि फाफ डु प्लेसिस दिल्ली क्यापिटल्ससँग जोडिएका छन् । उनलाई दिल्लीले दुई करोड भारतीय रुपैयाँमा खरिद गरेको हो ।
सन् २०२५ को मेगा अक्सनअघि आरसीबीले रजतसहित तीन खेलाडीलाई मात्र रिटेन गरेको थियो । रजतलाई रिटेन गर्न आरसीबीले ११ करोड भारतीय रुपैयाँ खर्चिएको थियो । रजतका अतिरिक्त आरसीबीले विराटलाई २१ करोड र यश दयाललाई पाँच करोड रुपैयाँमा रिटेन गरेको थियो ।
रजतले हालसम्म आरसीबीका लागि ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । तर, यसपटक समर्थकहरुले उनीसँग उत्कृष्ट प्रदर्शनसँगै उपाधिको पनि आशा गरेका छन् । रजतले हालसम्म आईपीएलको २४ पालीमा ३४.७३ को औसत र १५८.८४ को स्ट्राइक रेटमा कुल सात सय ९९ रन बनाएका छन् । यस क्रममा उनले एक शतक र सात अर्धशतक प्रहार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक