उपाध्यक्ष वयकमाथि प्रहरीद्वारा कुटपिट भएको भन्दै अनेरास्ववियुको चेतावनी

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुले अस्कल क्याम्पस मदन भण्डारी स्पोर्टस् एकेडेमीका उपाध्यक्ष प्रकाश बयकमाथि प्रहरीले कुटपिट गरेको भन्दै सो घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । सो सङ्गठनका अध्यक्ष समिक बडालले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति आपत्ति जनाएका हुन् ।
उनले नेपाल प्रहरीको यस किसिमको गैरकानुनी तवरको धरपकड र ज्यादती निन्दनीय रहेको बताउँदै यो घटनाको तत्काल छानबिन गरी दोषीहरूलाई कारबाही गर्न समेत जोडदार माग गरेका छन् । अन्यथा यस किसिमका गतिविधि विरुद्ध कडाभन्दा कडा आन्दोलनमा उत्रिन समेत सङ्गठन बाध्य हुने चेतावनी दिएका छन् ।
विज्ञप्तिमा बुधबार राति अन्दाजी ७ बजेतिर नेपाल प्रहरीको प्रतिनिधि हुँ भन्दै दरबार वृत्तको प्रहरीले अस्कल होस्टल बाहिर बोलाई उठाएर लगी टोखा पुर्याएर विभिन्न आरोपमा नाक, मुख र आँखा सुन्निने गरी कुटपिट गरेको आरोप लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको पथरी शनिश्चरेमा नयाँ नेतृत्व चयन
-
वाणिज्य विभागको अनुगमन जारी, २० वटा उद्योगहरूको कारोबार रोक्का
-
आजपाको केन्द्रीय कमिटी विघटन, प्रभु साहको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन
-
थाइल्यान्डमा 'वान टु वान' वार्ताले ल्याउला त सम्बन्धमा सुधार ?
-
माओवादी सचिव शर्मा र चिनियाँ पार्टी स्कुलका कार्यकारी उपाध्यक्षबिच भेटवार्ता, सम्बन्ध बढाउनेबारे छलफल
-
विशेषको फैसला चित्त नबुझेपछि भ्रष्टाचारका १२ वटा मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार