शंखरापुर दुर्घटना : २७ जना अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ साँखुस्थित कात्तिकेमा स्कुल बस दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका छन् । बुधवार मध्यान्ह चाबहिलस्थित एसएस एकेडेमीको बा.२ ख ७०५८ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकामध्ये २७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
दुर्घटनामा परेका २७ जना उपचारपछि घर फर्किएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
एसएस एकेडेमीमा अध्ययनरत एक जना बालिकाको अवस्था गम्भीर छ । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको बोहराले जानकारी दिए । अन्य १५ नजना घाइतेहरूको पिपुल्स लाइफ केयर अस्पताल, शंखरापुर अस्पताल, नेपाल मेडिकल कलेजमा र टिचिङ अस्पतालमा उपचार हुँदै छ ।
स्कुल व्यवस्थापन, शिक्षकहरू र विद्यार्थी सवार बस नगरकोटमा पिककिन गएर फर्किँदा दुर्घटनामा परेको हो । सुन्दरीमाई यातायात सेवाको सो बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । बस सिन्धुपाल्चोक घर भएका ३९ वर्षीय मनिष माझीले चलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?