नागरिकले आर्थिक समृद्धि महसुस गरेमा व्यवस्था स्थायी हुन्छ : सिंह
![नागरिकले आर्थिक समृद्धि महसुस गरेमा व्यवस्था स्थायी हुन्छ : सिंह](https://npcdn.ratopati.com/media/news/prakashaman_B0lIyWjI3T.jpg)
हेटौँडा । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् । उनले व्यवस्थाका उपलब्धिहरूलाई संस्थागत गर्दै सकारात्मक ढङ्गबाट अघि बढ्नुपर्ने बताए ।
नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंह राजनीतिक परिवर्तन जोगाउन आर्थिक समृद्धिलाई ध्यान दिनुपर्ने बताए । आर्थिक समृद्धिलाई नागरिकहरूले महसुस गरेको खण्डमा व्यवस्थाले स्थायित्व प्राप्त गर्ने उनको भनाई छ ।
मन्त्री सिंहले नागरिकहरूको लागि लक्षित गरी संविधानले निर्दिष्ट गरेको अधिकारहरू सहज उपभोगमा सरकारले काम गर्नुपर्ने बताए । नागरिकका आवश्यकता र चाहना पुरा भए मात्र राजनीति सही ट्र्याकमा आउने भएकाले त्यसमा कांग्रेसले विशेष ध्यान दिन जरुरी रहेको उनले औँल्याए ।
वर्तमान समयमा नागरिकहरूले रोजगारी र विकास निर्माणको अपेक्षा गरिरहेको र बिदेसिने वातावरणको अन्त्य चाहेको उनले बताए । सो चाहना अनुरूप सरकारले काम गरिरहेको उनको भनाइ छ । वर्तमान सरकारले राजनीतिक स्थायित्व कायम गर्दै नागरिकको अपेक्षा अनुसारको काम गर्नुपर्ने मूल दायित्व रहेको उनले बताए ।
उनका अनुसार राजनीतिक दलको ऊर्जा कार्यकर्तामा रहेकाले आपसी समझदारी कायम गरी अघि बढ्नुपर्ने हुन्छ । पार्टी भित्रको विवाद समाधान गर्न माथिल्ला संरचनाहरूसँगको समन्वयमा छलफल र सहकार्यमा जोड दिन उनले निर्देशन गरे । पार्टी सङ्गठन बलियो बनाउन आम कार्यकर्तालाई एकताबद्ध गर्नुपर्ने भएको कांग्रेसको गति त्यसतर्फ हुन जरुरी रहेको मन्त्री सिंहले बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, पूर्वसभापति रघुरमन न्यौपाने, कांग्रेस मकवानपुरका उपसभापति एवम् बकैयाँ गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि एन्फाद्वारा अन्तिम टोलीको घोषणा
-
भारत र पाकिस्तानबिच गोली हानाहान, कम्तीमा चार जनाको मृत्यु
-
नयाँ शक्तिको अध्यक्षमा डा. बाबुराम भट्टराई अत्यधिक मतले अगाडि
-
महान् १० वर्षे जनयुद्धका उपलब्धि
-
शरतसिंह भण्डारीको मन्त्री पद धरापमा !