बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय

‘कर्मा’ मा यस्तो छ विपिनको गेटअप

बिहीबार, ०१ फागुन २०८१, ११ : ५७
बिहीबार, ०१ फागुन २०८१

काठमाडौँ । चलचित्र ‘कर्मा’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा अभिनेता विपीन कार्की ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको छ । हातमा सर्ट गन बोकेका उनको लुक्सअनुसार फिल्ममा एक्सन भूमिकामा रहेको अनुमान गर्न सकिन्छ ।

पोस्टरमा रहेको स्लोगन ‘ह्वाट गोज अराउन्ड, कम्स अराउन्ड’ ले पनि बदलाको मुडमा मुख्य पात्र रहेको पुष्टि गर्छ । स्लोगनले ‘कर्मा’ सिचुएसनल एक्सन भएको सामान्य अनुमान लगाउन सकिन्छ । 

‘कर्मा’ सौरभ चौधरीको निर्देशन गरेका हुन् । चैत २९ गते रिलिज चलचित्रमा विपिनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ । मुकुन चलचित्रमा नेगेटिभ क्यारेक्टरमा छन् । 

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप