‘भ्यालेन्टाइन्स डे’ मा मधुशालामा ‘धीरज राई अनप्लग्ड नाइट’

काठमाडौँ । हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौँ । गत फेब्रुअरी ७ देखि प्रारम्भ भएको भ्यालेन्टाइन्स १४ फेब्रुअरी अर्थात फागुन २ गतेसम्म जारी रहनेछ । १४ फेब्रुअरी भने भ्यालेन्टाइन्स डे को रुपमा मनाइन्छ । माया गर्नेहरुको दिनको रुपमा परिभाषित गरिएको यो दिन नेपालमा पनि विभिन्न रमाइला तथा मनोरञ्जनात्मक कार्यक्रम हुने गर्छ ।
यसैबिच, दरबारमार्गमा रहेको मधुशाला गीत गजल रेष्टुराँ एण्ड बारले पनि भ्यालेन्टाइन्स डेको अवसरमा एउटा विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ । जसमा लोकप्रिय गायक धीरज राईले आफ्ना प्रेमिल गीतहरु प्रस्तुत गरेर उपस्थित मायालु जोडीहरुलाई मनोरञ्जन गराउने छन् ।
मधुशाला गीत गजलका अध्यक्ष गंगाराज राईका अनुसार मधुशालाको हाउस ब्याण्डसँगै गायक धीरज राईले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् । सोलो कन्सर्टमा गायक धीरज राईले आफ्ना लोकप्रिय गीतहरु तिम्रा नयन, लुकी लुकी, सोइ ढोले सोइ, तिमी रुँदा, पर्खिरहेछु, कि बाँच्न देउसहितका आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् ।
मधुशालाका सञ्चालक जोर्डन राजभण्डारीका अनुसार ‘धीरज राई : भ्यालेन्टाइन्स अनप्लग्ड नाइट’ शीर्षक कार्यक्रमको राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा एक महिला मृतावस्था फेला
-
प्रथम राष्ट्रिय सम्मेलनपूर्व क्रान्तिकारी युवा संगठनको र्याली
-
सवारीसाधन खरिदमा राष्ट्र बैंकको कडाइ, ‘हायर पर्चेज’को डाउन पेमेन्ट दोब्बर
-
आज साँझ जनमत पार्टीको बैठक बस्दै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?