जब प्रशिक्षकले नै रातो कार्ड पाए !
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको बुधबार राति सम्पन्न खेलमा आफैँले रातो कार्ड व्यहोर्नु परेपछि ‘लिग लिडर’ लिभरपुलका प्रशिक्षक एरोन स्लट रुष्ट बनेका छन् । प्रिमियर लिगअन्तर्गत एभर्टन र लिभरपुलबिचको खेल निकै तनावपूर्ण थियो ।
एभर्टनले घरेलु मैदानमा बलियो लिभरपुललाई २–२ गोलको बराबरीमा रोकेको थियो । अन्त्यतिर खेल निकै तनावपूर्ण बनेको थियो । खेलको अन्त्यतिर लिरभपुलका प्रशिक्षक एरोन स्लटलाई रेफ्री माइकल ओलिभरले रातो कार्ड देखाएका थिए । खेलका क्रममा रेफ्रीले नौवटा कार्ड प्रयोग गरेका थिए ।
खेलमा अग्रता एभर्टनले लिएको थियो । खेल सुरु भएको ११ औँ मिनेटमा एभर्टनका लागि बेटोले गोल गरेका थिए । तर, त्यो अग्रता लामो समय टिक्न सकेन । निर्धारित समयको १६ औँ मिनेटमा लिभरपुलका एलेक्सिस म्याक एलिस्टरले जवाफी गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफको खेल १–१ को बराबरीमा सकिएको थियो । त्यसपछि दोस्रो हाफ थप तनावपूर्ण बनेको थियो ।
पहिलो हाफमै रेफ्रीले पाँचवटा पहेँलो कार्ड प्रयोग गरेका थिए । पहिलो हाफमा एभर्टनका तीन र लिभरपुलका दुई खेलाडीले पहेँलो कार्ड पाएका थिए । निर्धारित समयको ७३ औँ मिनेटमा लिभरपुलले अग्रता लिएको थियो । लिभरपुलका लागि मोहम्मद सलाहले दोस्रो गोल गरेका थिए ।
खेल प्रतिस्पर्धात्मक रुपमा अघि बढिरहँदा इन्जुरी समयको आठौँ मिनेटमा एभर्टनका लागि जेम्स टारकोवस्कीले जवाफी गोल फर्काएका थिए । त्यसपछि त दुबै टोलीका खेलाडी थप आक्रामक बन्न पुगेका थिए ।
इन्जुरी समयको १२ औँ मिनेटमा दुबै टोलीका एक–एक खेलाडी एभर्टनका अब्दुलाय डोकुर र लिभरपुलका कर्टियस जोनेस दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । रेफ्रीको निर्णयप्रति असहमति जनाउँदै विवादमा ओर्लिएपछि खेलको अन्त्यमा लिभरपुलका प्रशिक्षक स्लटले पनि रातो कार्ड पाएका थिए ।
सोही कारणले खेलपछि आयोजित पत्रकार सम्मेलनमा पनि उनी उपस्थित भएनन् । एभर्टनसँग पराजित भए पनि लिग तालिकामा लिभरपुलको अग्रता भने कायमै छ ।
हालसम्म २४ खेल खेलेको लिभरपुल ५७ अंकसहित अग्रस्थानमा छ । समान खेलबाट ५० अंक बटुलेको आर्सनल दोस्रो स्थानमा आसिन छ । एभर्टन भने २४ खेलबाट २७ अंक हात पार्दै तालिकाको १५औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि एन्फाद्वारा अन्तिम टोलीको घोषणा
-
भारत र पाकिस्तानबिच गोली हानाहान, कम्तीमा चार जनाको मृत्यु
-
नयाँ शक्तिको अध्यक्षमा डा. बाबुराम भट्टराई अत्यधिक मतले अगाडि
-
महान् १० वर्षे जनयुद्धका उपलब्धि
-
शरतसिंह भण्डारीको मन्त्री पद धरापमा !