अमेरिका पुगे नरेन्द्र मोदी, राति ट्रम्पलाई भेट्ने
![अमेरिका पुगे नरेन्द्र मोदी, राति ट्रम्पलाई भेट्ने](https://rpcdn.ratopati.com/media/albums/modi_trump_11V9FRLAXP.jpg)
वासिङ्टन डीसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका पुगेका छन् । दुई दिने भ्रमणका क्रममा उनी बिहीबार अमेरिका पुगेका हुन् । अमेरिका पुगेपछि मोदीले अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबार्डलाई भेटेका थिए ।
अमेरिकी संसद्को माथिल्लो सदन सिनेटले हिजो मात्र राष्ट्रिय गुप्तचर निर्देशकको रूपमा तुलसी गबार्डको नियुक्तिलाई पुष्टि गरेको छ । ‘भेटघाटको क्रममा तुलसी गबार्डलाई उनको नियुक्तिमा बधाई दिए । भारत–अमेरिका सम्बन्ध सुधारसँग सम्बन्धित धेरै मुद्दाहरूमा कुरा भयो, जसको उनी सधैं समर्थक रहिआएकी छिन् ।’
यस भेटघाटबारे प्रधानमन्त्री मोदीले पोस्टमा लेखेका छन् । अमेरिका पुग्नुअघि मोदी फ्रान्सको भ्रमणमा थिए । त्यहाँ उनले फ्रान्सेली राष्ट्रपतिसँग एआई शिखर सम्मेलनको सह–अध्यक्षता गरे । भेटमा दुई जनाले कयौँ द्विपक्षीय मुद्दाहरूमा छलफल गरेका थिए । मोदीले आज राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग द्विपक्षीय वार्ता गर्नेछन् । यसबाहेक, अमेरिका बसाइका क्रममा उनले धेरै व्यापारी नेताहरू र भारतीय समुदायका मानिसहरूलाई भेट्ने बताइएको छ ।
ट्रम्पसँग डिनर गर्ने
सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार मोदीको प्रतिनिधिमण्डलले कुल ६ वटा बैठकमा भाग लिनेछ । मोदीको अन्तिम भेट भारतीय समयअनुसार शुक्रवार बिहान २ः ३० बजे हुनेछ । यसपछि उनले अमेरिकी राष्ट्रपतिसँग रात्रि भोज गर्नेछन् । मोदी र ट्रम्पले ह्वाइट हाउसमा मिडियासँग पनि अन्तरक्रिया गर्न सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्ध नभएको भए देश सय वर्षसम्म सामन्तवादको कब्जामा हुन्थ्यो : विप्लव
-
अध्यादेशबारे सत्तारुढ दलले सुरु गरे विपक्षीसँग छलफल
-
लोसपाले भन्यो– अध्यादेश नसच्याए सरकारबाट बाहिरिन्छौँ
-
‘मायाबी’को ट्रेलर सार्वजनिक : पल र दीपिकाको प्रेममा उतारचढावको कथा
-
धराशायी भयो होन्डा र निशानको मर्जर वार्ता
-
म्यानमारको ‘स्क्याम सेन्टर’ बाट सयौँ विदेशीलाई गरियो रिहा