काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बसबाट सुन बरामद, दुई जना पक्राउ
बिहीबार, ०१ फागुन २०८१, ११ : ३४

काठमाडौँ । काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बसबाट प्रहरीले सुन बरामद गरेको छ । चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट ३१८ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा भारत घर भएका २७ वर्षीय महेश अम्रुत मानि र २४ वर्षीय राहुल खंडु सरकला छन् । बा.प्र.०१–००२ ख ०५४२ नम्बरको यात्रुवाहक बसलाई लागु औषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले चेकजाँच गर्दा सुन भेटिएको हो ।
बसको स्लिपर सिटमा महेश अम्रुतले आफू सुतेको सिरानी मुनि कागजमा बेरेर ल्याएको अवस्थामा सुन भेटिएको छ । घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्याण्डमा नेपाल फेस्टिभल २०२५ आयोजना हुँदै
-
पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर
-
शिक्षकहरूलाई वैशाख २ गतेभित्र घर फर्काउने गरी गृहकार्यमा शिक्षा मन्त्रालय
-
२० महिनादेखि शेयर निष्कासन नभएपछि इप्पानले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
-
पानी परेपछि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण रोकियो
-
ईश्वर पोखरेल सहित दुई जना पक्राउ