बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय

‘रंगी’ लाई प्रिमियरमा सकारात्मक प्रतिक्रिया

बिहीबार, ०१ फागुन २०८१, ११ : ११
बिहीबार, ०१ फागुन २०८१

काठमाडौँ । सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म  ‘रंगी’ ले बुधवार साँझ राजधानीमा आयोजना गरेको ग्राण्ड प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ । शुक्रवारबाट रिलिज हुने फिल्मको प्रिमियरमा उपस्थित फिल्मकर्मीले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका हुन् ।

फिल्म हेरेपछि निर्देशक दीपाश्री निरौला, कलाकार निर्मल शर्मा, दीपक आचार्य ‘काकु’, कमेडियन भरतमणि पौडेल, कोरियोग्राफर गम्भीर विष्ट, निर्देशक ज्ञानेन्द्र देउजालगायतले फिल्मको कथावस्तु मन परेको बताए । उनीहरूले बाबुछोरीको सम्बन्ध, कलाकारको अभिनय, प्राविधिक र निर्देशकीय पक्षको तारिफ गरेका थिए ।

अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म बाबुछोरीको कथामा आधारित छ । फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ ।  फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी,  सुमिन गुरुङ, र विशाल पहरीको अभिनय छ । फिल्म ‘रंगी’ सलोनको डेब्यू निर्माण हो ।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायाङ्कन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको सङ्गीत रहेको फिल्ममा बन्दे प्रसादको सम्पादन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी छ  ।फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप