बाबुरामको प्रस्ताव : जुँगाको लडाईं छाडौँ, जनक्रान्ति दिवस मनाऔँ !

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले जुँगाको लडाई छाडेर फागुन १ लाई जनक्रान्ति दिवस मनाउन प्रस्ताव गरेका छन् । माओवादीले फागुन १ लाई जनयुद्ध दिवस मनाइरहेका बेला पूर्वमाओवादी नेता भट्टराईले फागुन १ लाई जनक्रान्ति दिवस मनाउन प्रस्ताव गरेका हुन् ।
‘फागुन १ गते । नेपालको युगान्तकारी जनविद्रोह (जनयुद्ध) सुरू भएको दिन १ संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जग खन्न सुरू गरेको दिन । त्यो महायज्ञमा अमूल्य ज्यान अर्पण गर्ने महान शहीदहरू, वेपत्ताजन, घाइते/अपांग योद्धाहरू सबैमा अन्तर्हृदयदेखि उच्च सम्मान’, भट्टराईले जनयुद्धको स्मरण गर्दै बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
‘शब्दको जुँगाको लडाइँ छोडौँ । फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत्येक वर्ष ‘जनक्रान्ति दिवस’ को रुपमा मनाऔँ !’, पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले प्रस्ताव गर्दै भनेका छन् ।
उनले १९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२/६२ सालको सशस्त्र जनयुद्ध, २०६२/६३ सालको संयुक्त जनआन्दोलन, मधेस विद्रोह, थारू विद्रोह, आदिवासी जनजाति आन्दोलन लगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई जोड्न पनि सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सरकारविरुद्ध बागमती सरकारले मुद्दा दायर गर्ने
-
कम्पनीमै कायम राख्नुपर्ने नीजि विद्यालयहरुको अडान
-
व्यक्तिका पछि लागिन्न, राजा होस् कि नेता
-
दुर्गा प्रसाई निकट देवी संग्रौला पक्राउ
-
ओली सरकारले राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्छः प्रभु साह
-
बैठकमा रविले सुनाए हिरासतको पीडा– मध्यरातमा मेराे ज्यानकाे खतरा थियो