बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय

रिलायन्स इन्टरनेशनल एकेडेमीको विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव सुरु

बिहीबार, ०१ फागुन २०८१, १० : ४१
बिहीबार, ०१ फागुन २०८१

काठमाडौँ । रिलायन्स एजुकेशन नेटवर्कअन्तर्गत रहेको रिलायन्स इन्टरनेशनल एकेडेमी चाबहिलले विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव २०२५ आयोजना  गरेको छ । 
आजदेखि सुरु भएको महोत्सव फागुन ३ गतेसम्म सञ्चालन हुने एकेडेमीले जनाएको छ । 

 प्रदर्शनीमा विज्ञान, प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा साहित्यका विविध गतिविधिहरू समेटिएको जनाइएको छ । 
यो प्रदर्शनीमार्फत करिब ५००० विद्यार्थीहरू लाभान्वित हुने आयोजकहरूको अपेक्षा छ। विज्ञान, सूचना प्रविधि, कला, साहित्य र अनुसन्धानमा रुचि राख्ने विद्यार्थीहरूलाई प्रयोगात्मक सिकाइ उपलब्ध गराउनु यसको प्रमुख उद्देश्य भएको आयोजकले जनाएको छ । 

प्रदर्शनीमा ४९ स्टलहरू रहेका छन् । जसमा विज्ञान र सूचना प्रविधिसम्बन्धी खोज, अनुसन्धान तथा नवीनतम प्रविधिहरू समेटिएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप